२२ भाद्र २०८१, शनिबार

घोराहीका ९ जना युवाहरु नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश, गाउँमा ब्यथितिले सिमा नाघेको गुनासो

0

दाङ । दाङको घोराही उपमहानगरपालिका वडा नं.१२ का ९ जना युवाहरु नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् ।
गाउँमा भइरहेका व्यथिति विसंगतिका विरुद्ध लड्ने कोहि नभेटेपछि विप्लव नेतृत्वको नेकपाबाट आशा भएकाले पार्टी प्रवेश गरेको ती युवाहरुले बताएका छन् ।

मंगलबार पार्टीका केन्द्रीय सदस्य एवम दाङ क्षेत्र नं.२ का इन्चार्ज पाटन सीले घोराही -१२ का बालाराम बस्नेतसहित ९ जना स्वतन्त्र युवाहरुलाई पार्टीमा स्वागत गरेका हुन् ।

पार्टी प्रवेशको क्रममा युवाहरुले गाउँमा व्यथिति र विसंगतिले सिमा नाघेको भन्दै त्यसलाई रोक्न कसैले नसकेको बताएका थिए ।

उनीहरुले आफुहरु अब विप्लव बाहेक नेपालको राजनीतिक प्रदुषणलाई अरु कसैले सफा गर्न नसक्ने निष्कर्षसहित नेकपा प्रवेश गरेको बताएका थिए ।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेकपाका केन्द्रीय सदस्य एवम दाङ क्षेत्र नं.२ इन्चार्ज पाटन सीले दलाल संसदीय व्यवस्थाबाट देशको मुक्ति नहुने बताएका थिए ।

उनले भने – ‘ संसदीय व्यवस्थाका कारण देश अत्यन्त जटिल मोडमा उभिएको छ । देश नै रहन्छ कि रहदैन भन्ने स्थिति नेपालमा छ । दलाल संसदीय व्यवस्थाबाट मुलुक र जनताको भाग्य , भविष्यको फैसला कदापी हुँदैन । त्यसैले हामीले यो व्यवस्थाको विकल्पमा नेपाली विशेषताको समाजवादी व्यवस्थाको अवधारणा अगाडि सारेका छौँ । हामी आफ्नै खुट्टामा उभिएर यो देशलाई समृद्ध बनाउने सोचेका छौँ ।’

नेता पाटनको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पार्टीका केन्द्रीय प्रतिनिधि सदस्य एवम घोराहीका इन्चार्ज विकास सी, पार्टीका घोराही उपमहानगर कमिटीका सेक्रेटरी महान सी, पार्टीका जिल्ला सदस्य किसन सी, पार्टीका जिल्ला सल्लाहकार नवराज सी लगाएतको आतिथ्यता रहेको थियो ।

पार्टी प्रवेश कार्यक्रमको सहजीकरण युवा संगठन नेपाल दाङका इन्चार्ज पदम सीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।