३१ भाद्र २०८१, सोमबार

कालिकोटमा भएको जातीय घटनाको श्रमिक मोर्चाद्वारा भत्सर्ना

0

काठमाडौं । कालिकोटमा सोमबार साँझ भएको जातीय घटनाको श्रमिक समुदाय मोर्चा, नेपालले भत्सर्ना गरेको छ । मोर्चाले आज एक विज्ञप्ती मार्फत भत्सर्ना गरेको हो ।
       मोर्चाका केन्द्रीय अध्यक्ष रामलाल सीद्वारा हस्ताक्षरित विज्ञप्तीमार्फत दोषीलाई कडा कार्वाही र घाइतेको उपचार गर्न समेत माग गरिएको छ ।

घटनामा संलग्न हर्ष बमलाई गिरफ्तार गरी आवश्यक अनुसन्धान गरिरहेको र अन्यलाई पनि गिरफ्तार गरी थप अनुसन्धान गर्ने प्रयास गरिरहेको जिल्ला प्रहरी कार्यालय, कालिकोटका डिएसपी अर्जुन श्रेष्ठले बताए । हालसम्म घटनाको निवेदन मात्रै दर्ता भएको र मुद्दा दर्ता भइ नसकेको डिएसपी श्रेष्ठले बताए ।

कालिकोट जिल्लाको पलाँता गाउँपालिका-९, थिर्पुको बार्खे बजारमा सोमबार स्थानीय डबल सुनार र मान  बहादुर सुनारमाथि जातीय अपमानजनक गालीगलौज र कुटपिट भएको बताइएको छ । सोही स्थानका हर्ष बहादुर बम र नर बम लगायतका दर्जनौँ व्यक्तिहरुले जातगत अपमान दर्शाउने गालीगलौज र कुटपिट गरी सुनारद्वयलाई सख्त घाइते बनाएको बताइएको छ ।
सुनारद्वयले घट्टबाट पिसेर ल्याएको पिठोको भारी निज पीडित व्यक्तिहरुलाई जबर्जस्ती सित्तैमा बोक्न भनेको र उनीहरुले सो कार्य आफूहरूले गर्न नसक्ने बताएपछि तिमीहरू डुम, कमारा, ठूला भएका भन्दै रडले हानेको बताइएको छ ।

रडले डबल सुनारको आँखामा गम्भीर चोट लागेको र मान बहादुर सुनारको घाँटीमा चोट लागेको पीडितका आफन्तले बताएका छन् । आँखामा चोट लागेका डबल सुनारलाई उपचारको लागि सदरमुकाम मान्म लगिएकोमा त्यहाँ उपचार सम्भव नभएपछि बिरामीलाई सुर्खेत रिफर गरिएको नेकपा कालिकोटका इन्चार्ज विवेक सी.ले बताएका छन् ।

घटनाको बारेमा जातीय संगठन र अधिकारकर्मीहरुले विरोध जनाएका छन् । मुद्दा  दर्ता गर्ने प्रक्रिया समेत अधि बढिरहेको जानकारी प्राप्त भएको छ । 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।