३ आश्विन २०८१, बिहीबार

नेपाल कम्युनिस्ट पार्टी दाङद्वारा नेपालीको निधनप्रति समवेदना व्यक्त

0

तुलसीपुर । नेपाल कम्युनिस्ट पार्टी दाङले तुलसीपुर -१९ कुटेचौरका अनिल नेपालीको दुखद निधनप्रति समवेदना व्यक्त गरेको छ ।
मंगलबार पार्टीका केन्द्रीय सदस्य एवम दाङ क्षेत्र नं.३ इन्चार्ज प्रदिप सी, पार्टीका केन्द्रीय सल्लाहकार सुन्दर सी, पार्टीका जिल्ला सेक्रेटरी तिलक सीसहितको टोलि मृतक नेपालीको घरमै पुगि समवेदना व्यक्त गरेका हुन् ।

नेकपाका वडा समिति सदस्य ज्ञान बहादुर सार्कीका सुपुत्र तथा युवा संगठन नेपाल तुलसीपुर उपमहानगर कमिटी सदस्य अनिल नेपालीको १९ वर्षको अल्पायुमै असार २० गते दुखद निधन भएको थियो ।

नेपालीको दुखद निधनमा भावपुर्ण श्रद्धाञ्जली व्यक्त गर्दै पार्टीले भनेको छ–‘दुखद निधनले हामी स्तब्ध एवम मर्माहत भएका छौँ ।’

भावपुर्ण श्रद्धाञ्जली नोट जारी गर्दै दुखको घडिमा मृतकप्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।