३१ भाद्र २०८१, सोमबार

सहिद निरकुमारको छैटौं स्मृति दिवस सम्पन्न

0

काठमाडौँ/ नेपाल कम्युनिस्ट पार्टीमाथि तत्कालीन ओली सरकारले प्रतिबन्ध लगाएको बेला राज्यद्वारा हत्या गरिएका नेकपा भोजपुरका नेता निरकुमार राईको स्मृति दिवस मनाइएको छ ।

मङ्गलबार काठमाडौँको अनामनगरस्थित सम्वाद डबलीमा आयोजित एक कार्यक्रमका बीच राईको स्मृति दिवस मनाइएको हो ।

नेपाल कम्युनिस्ट पार्टीले आयोजना गरेको स्मृति दिवसको सन्दर्भमा बोल्ने वक्ताहरुले तत्कालीन सरकारले आफ्नो असफलता र संकटलाई ढाकछोप गर्ने उदेश्यले नेकपामाथि प्रतिबन्ध लगाएको र त्यसक्रममा निहत्था नागरिकको हत्या गरेको टिप्पणी गरेका छन् ।

सहिद निरकुमारको फोटोमा माल्यार्णपणसहित प्रारम्भ गरिएको स्मृति दिवसमा नेकपा पोलिट ब्युरो सदस्य एवम् जनपक्षीय श्रस्टा माइला सीले जन्मेपछि एकपटक सबै मर्नै पर्छ तर सबैको मृत्यु एउटै नहुने भन्दै एकीकृत जनक्रान्ति जनयुद्धको भिन्न र उच्च तरिकाको निरन्तरता भएको बताए ।

मन्तव्यको क्रममा उनले राज्यले नागरिकलाई अभाव, अफ्ठ्यारा र दु:ख बाहेक केहीपनि नदिएको  भन्दै यस्तो किन भैरहेको छ भन्नेबारे गम्भीरतापूर्वक बहस गर्नुपर्ने बेला आएको उल्लेख गरे ।

देशमा विद्यमान आर्थिक राजनीतिक संकटको समाधान असफल पार्टी, असफल नेता र असफल विचारले नहुने भएकोले संकटको सहि समाधान भनेको माओवादी पार्टीहरुको एकता र अगाडि बढ्ने प्रतिबद्धता जरुरी भएको धारणा राख्दै नेता माइला सीले संकटले निराशा मात्रै होइन नयाँ आशा र नयाँ संभावनाहरु पनि देखा परेको बताए ।

कार्यक्रममा बरिस्ठ अधिवक्ता एकराज भण्डारीले माओवादी जनयुद्धलाई अपराधीकरण गर्न खोज्नु भनेको देशलाई अशान्तिको दिशामा फर्काउन खोज्नु हो भन्दै जनताका एजेन्डा बोकेर, निस्वार्थ भावका साथ जीवन बलिदान गर्ने सहिदहरु, उनीहरुका परिवारको जिम्मेवारी राज्यले लिनुपर्ने विचार राखेका थिए ।

संसदीय व्यवस्थाको विकल्प दिन्छु भन्ने शक्तिले मात्रै आजको संकटको निकाश दिन सक्छ, संविधानको धारा ७६, २ वा ३ को कुरा गर्दैमा जनताले कुनै नयाँ चिज प्राप्त गर्न नसक्ने दाबी गर्दै अधिवक्ता भण्डारीले अहिले काङ्ग्रेस र एमालेले भनिरहेको संविधान संशोधनको कुरा देशलाई पछाडि धकेल्ने, समानुपातिक प्रतिनिधित्व र जनयुद्धका उपलब्धिलाई उल्टाउने उदेश्यले आएको टिप्पणी समेत गरेका छन् ।

त्यस्तै जनपत्रकार संगठन नेपालका अध्यक्ष शेरबहादुर विश्वकर्माले तत्कालीन सरकारले राज्यको संरचनात्मक संकटलाई ढाकछोप गर्न ओली सरकारले नेकपामाथि प्रतिबन्ध लगाएको र आस्थाको आधारमा मुद्दा लगाउने, धरपकड गर्ने र हत्या गर्ने काम समेत गरेको बताए ।

प्रतिबन्धको क्रममा घाइते हुनु भएका घाइते योद्धा सुरेन्द्र सीले कर छली गर्ने एनसेल, भ्रष्टाचार र महङ्गी विरुद्ध नेपाल कम्युनिस्ट पार्टीले जनसंघर्ष गरिरहेको बेला निरकुमार लगायतका योद्दाहरुलाई राज्यले हत्या गरेको र यो अन्यायपुर्ण र राज्यको दमनकारी कदम भएको दाबी गरे ।

सहिद निरकुमार राईकी जीवनसाथी इन्द्रकला राईले हत्यामा संलग्नहरुलाई कारबाही र पीडितलाई न्यायको प्राप्ति नभएको भन्दै राज्यले निरकुमारलाई सहिद घोषणा गर्नुपर्ने माग गरेकी छन् ।

अखिल नेपाल जनसाँस्कृतिक महासंघका महासचिव कुशल सीले सञ्चालन गरेको स्मृति दिवसमा नेकपा केन्द्रिय सदस्य एवम् काठमाडौँ जिल्ला सचिव चिरञ्जीविले अध्यक्षता गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।