२३ भाद्र २०८१, आईतवार

टिकाराम सीकी आमा रत्नीकाे निधनप्रति नेकपाद्वारा दु:ख व्यक्त गर्दै श्रद्धाञ्जली

0

नेपाल कम्युनिस्ट पार्टी लुम्बिनी प्रदेशले पार्टीका केन्द्रीय जनप्रतिनिधि समिति सदस्य तथा बर्दिया जिल्ला सेक्रेटरी टिकाराम सी (क. संगीन) को ममतामयी आमा रत्नी थरुनीको निधनप्रति दु:ख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ ।
नेपाल कम्युनिस्ट पार्टी लुम्बिनी प्रदेश इन्चार्ज विषम सीले शाेक वक्तव्य जारी गरि उहाँको असामयिक निधनले पार्टी केन्द्र, प्रदेश र सबै सी पंक्तिलाई निकै मर्माहत बनाएको भन्दै आमा रत्नीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् ।
साथै यो शोकको घडीमा शोकाकुल परिवारजन, आफन्तजन र बर्दिया जिल्ला सेक्रेटरी संगीन लगायत सम्पूर्ण जिल्ला पार्टी पङ्क्तिमा पर्न गएको दुःखप्रति हार्दिक समवेदना व्यक्त गरेका छन् ।

विगत केही लामो समयदेखि लिवर सम्बन्धि दीर्घ रोगले पीडित आमाको उपचारकै शिलशिलामा ६४ बर्षको उमेरमा आज बर्दिया जिल्ला गेरुवा गाउँपालिका वडा नं. १ जनकनगरस्थित आफ्नै घरमा निधन भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।