३ आश्विन २०८१, बिहीबार

पूर्वी नेपालबाट विप्लवको उद्घोष: क्रान्ति र उत्पादनसँगै अगाडि बढाउने अठोट

0

प्रकाश डुम्रे/काठमाडौं
असार १५ मा चितवनको माडीबाट रोपाइँ महोत्सवको उद्घाटन गरेका नेकपाका महासचिव विप्लव चितवनको रोपाइ सकेर काठमाडौं पुगे ।
काठमाडौंमा तिव्र राजनीतिक भेटघाट सकेर कपिलवस्तु केन्द्रीय कार्यलय पुगी केही दिन कपिलवस्तु रोपाइँमा सहभागी भए ।
पार्टीद्वारा सञ्चालित जनकम्युनमा रोपाइँमा सक्रियतापुर्वक लागेका विप्लव असारको अन्तिम हप्ता सुनसरी जिल्लाको रामधुनि नगरपालिका ४ को मानपुर पुगेर केन्द्रिय उत्पादन केन्द्रमा आयोजित रोपाइँ कार्यक्रममा सहभागी भएका छन् । ४ बिघा क्षेत्रमा गर्न लागिएको रोपाइँमा महासचिव विप्लव आफैं सहभागी भई पुर्वी नेपालबाट क्रान्ति र उत्पादनको संयुक्त सन्देश दिने कार्यक्रम रहेको विप्लवसंगै पुर्वी नेपाल रहेका पार्टी पिबिएम असल सीले बताए ।
सुनसरीमा धान रोपाई कार्यक्रम उद्घाटन गर्दै महासचिव विप्लव सीले क्रान्ति र उत्पादनलाई सँगै लैजाने पार्टीको नीति रहेको बताए । देशलाई समाजवादी अर्थनीतिमा रूपान्तरण गर्दै आत्मनिर्भर अर्थतन्त्रमा जोड गरिएको उल्लेख गरेका थिए ।
रोपाइँ कार्यक्रममा पार्टीका पिबिएम असल सी, केन्द्रिय उत्पादनका सदस्य तथा रामधुनि शाखाका इन्चार्ज सुमन सीको उपस्थिति रहेको थियोे । कार्यक्रममा विभिन्न जिल्लाका नेता कार्यकर्तासहित स्थानीयहरुको उपस्थिति रहेको थियोे ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।