२ कार्तिक २०८१, शुक्रबार

महासचिव विप्लवलाई भेट्न पुगे कृषि उद्यमी तामाङ र लुइटेल

0

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीसँग कृषि उद्यमी ऋषिलाल तामाङ र देवराज लुइटेलले भेटघाट गरेका छन् । आफुहरु नेपाल कम्युनिष्ट पार्टीको आर्थिक नीतिबाट प्रभावित भएर महासचिव विप्लव सीलाई भेट्न पुगेकाे बताएका छन् । भेटका क्रममा कृषि उद्यमी तामाङ र लुइटेलले अब नेपाल कम्युनिष्ट पार्टीसँग मिलेर काम गर्ने बताएका थिए ।
कृषि उद्यमी ऋषिलाल तामाङ र देवराज लुइटेलको काठमाडौँ नागार्जुन नगरपालिकामा BYP च्याउ उत्पादन केन्द्र रहेको छ ।
उक्त भेटमा कृषि उद्यमी तामाङ र लुइटेलले महासचिव विप्लव सीलाई एक क्रेट च्याउसमेत हस्तान्तरण गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।