२२ भाद्र २०८१, शनिबार

अ.ने.म.संघ क्रान्तिकारी भक्तपुरको बैठक सम्पन्न

0

काठमाडौं – अखिल नेपाल महिला संघ क्रान्तिकारी भक्तपुरको चौथो पूर्ण बैठक सम्पन्न भएको छ । शनिबार भक्तपुरमा सम्पन्न बैठकले संगठन विस्तार अभियान संचालन गर्ने निर्णय गरेको छ ।

बैठकले अभियान अवधिभर बैठक प्रशिक्षण गर्ने, भक्तपुरका चारवटै नगरपालिकामा भेला सम्मेलन गर्ने, साबुन उद्योग संन्चालनमा ल्याउने, महिला उत्पीडनबिरूद्व नियमित र भईपरि आउने घटनामा संघर्ष गर्ने, आन्तरिक प्रशिक्षण गर्ने र नेपाली विशेषताको समाजवाद र महिला विषयक अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय गरेको बैठकमा प्रमुख अतिथिसमेत रहेकी केन्द्रीय उपाध्यक्ष भृकुटी सीले बताइन् ।

जिल्ला अध्यक्ष समिक्षा सीको अध्यक्षता बसेको बैठकमा केन्द्रीय उपाध्यक्ष भृकुटी सीको प्रमुख आतिथ्यता रहेको थियो भने महसचिव राजकुमारी सी, नेकपा जिल्ला इन्चाज विवेक सी, सचिव अपार सी, संघका केन्द्रीय सदस्य बिन्दु सी, करिस्मा सीको आतिथ्यता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।