३ आश्विन २०८१, बिहीबार

घोराहीका करिब तीन दर्जन युवा विप्लव नेकपामा समाहित

0

घोराही । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी घोराही नगर कमिटीमा  करिब तीन दर्जन  युवाहरु  समाहित  भएका छन् ।  कमिटीले  शनिबार घोराहीमा आयोजना गरेको ध्रुवीकरण कार्यक्रममा घोराही- १५ का कृष्ण सी र घोराही-१८ का मनप्रसाद सीको नेतृत्वमा  ३० जना युवाहरू पार्टीमा समाहित भएका हुन् ।

नेपाल कम्युनिस्ट पार्टी घोराही नगरका सेक्रेटरी महान सीको अध्यक्षता एवं पार्टीका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इञ्चार्ज सविन सीको प्रमुख आतिथ्यता भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि सविन सीले नवप्रवेशी युवाहरूलाई स्वागत गर्दै नेपाल राजनीतिक स्थिरता नभएको बताए । उनले नेपालमा राजनीतिक अस्थिरताकै कारणले महिनैपिच्छे सरकार बदलिने स्थिति भएको स्पष्ट पारे ।

`नेपालमा शासकहरुले आफ्नो स्वार्थका लागि अनुचित सम्झौताहरु गरिरहेका छन्` उनले भने `जसले गर्दा देशमा एक खालको ठूलो निराशा र आक्रोशको सिर्जना पैदा भएको छ । देशमा रोजगार छैन् । देशमा कुनै प्रकारको सुशासन छैन् । देशमा दिनप्रतिदिन भ्रष्टाचार बढिरहेको छ । युवालाई रोजगारी छैन् र युवालाई विदेश पलायन हुन बाध्य पारिएको छ । यो सब नेपालको संसदीय व्यवस्थाको कारणले भएको हो ।´

यो संसदीय व्यवस्थाले जनता र युवालको जीवन नबदल्ने भएको हुँदा यो व्यवस्थाको विकल्पमा नेपालमा वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्नुपर्ने नेता सविनको भनाइ छ ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यद्वय सम्झना सी र पाटन सीले नवप्रवेशी युवाहरू बधाई तथा शुभकामना दिँदै यो पार्टीमा भविष्य देखेर पार्टीमा समाहित भएका सम्पूर्ण युवाहरुलाई पार्टी र संगठनमा उचित जिम्मेवारी प्रदान गर्ने बताएका थिए ।

त्यस्तै कार्यक्रममा पार्टीका केन्द्रीय प्रतिनिधि सदस्यद्वय विकास सी, हरी सी, पार्टीका जिल्ला सदस्य कमार सी, अखिल (समाजवादी) का केन्द्रीय सदस्य तथा दाङ जिल्ला इञ्चार्ज खुमन सी,  अखिल (समाजवादी) का केन्द्रीय सदस्यद्वय दीपक सी, खुम सी, युवा संगठन नेपालका केन्द्रीय सदस्य तथा दाङ जिल्ला अध्यक्ष शिशिर सीलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सहजीकरण युवा संगठन नेपालका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इञ्चार्ज पदम सीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।