३१ भाद्र २०८१, सोमबार

नेकपा स्थायी समिति बैठक सम्पन्न, यस्ता छन् बैठकका निर्णयहरु

0

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीकाे स्थायी समिति बैठक सम्पन्न भएकाे छ । शुक्रबार दिउँसोदेखि पार्टी केन्द्रीय कार्यालय कपिलवस्तुमा सुरू भएकाे बैठक केहीबेर अघि सम्पन्न भएकाे हाे ।

बैठकले देशभर अन्तरक्रिया गर्ने, स्कुलिङ चलाउने, सुकुम्वासी समस्या समाधानका लागि, मिटरब्याज, लघुवित्तहरूकाे ज्यादतीविरूद्ध संघर्ष गर्ने, सामना परिवारकाे अभियान चलाउने, ध्रुवीकरणलाई तिब्र पार्ने लगायतका निर्णय भएकाे नेकपा स्थायी समिति सदस्य अनिल सीले बताए ।

“बैठकले देशभर नेपाली विशेषताको समाजवाद विषयक अन्तरक्रिया गर्ने, भदाै ५ भित्र मुखपत्र प्रकाशन गर्ने, पूर्व माओवादी र कम्युनिस्ट पार्टीहरूसँग एकता र सहकार्यमा जाेड दिने निर्णय भएकाे छ ।”, उनले भने, “नेपालमा अमेरिकी सैन्य हस्ताक्षेपविरूद्ध संघर्ष गर्ने, उत्पादनलाई व्यवस्थित गर्ने, असाेज २६ देखि ५ दिनसम्म सी उत्सव मनाउने निर्णय भएकाे छ ।”

साथै बैठकले एमसीसीकाेे विराेध गर्ने र बिआरआईलाई समर्थन गर्ने निर्णय गरेकाे बुझिएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।