४ जेष्ठ २०८१, शुक्रबार

पुर्वी नेपालबाट विप्लवको उद्घोष चुनावलाई संसदीय खेलको लागि मात्रै प्रयोग गरिदैन

0

काठमाडौं/ नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले चुनावलाई संसदीय खेलको लागि मात्रै प्रयोग नगर्ने जिकिर गरेका छन् । महासचिव विप्लवले चुनावलाई समाजवादी देशभक्तहरुले नौलो अभियानको रुपमा प्रयोग गर्नुपर्ने बताएका छन् ।
धरानमा आयोजित कोशी प्रदेश स्तरीय राजनीतिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लवले कम्युनिस्ट र क्रान्तिकारी जनमतलाई समाजवादी आन्दोलनमा परिवर्तन गर्नुपर्ने बताए ।
नवौं केन्द्रीय समितिको पाँचौ पूर्ण बैठकका निर्णयपछि पहिलोपटक प्रदेशस्तरीय कार्यक्रममा सहभागी हुन विप्लव धरान पुगेका थिए ।
विप्लवले बहुसंख्यक नेपाली जनताहरु समाजवादको पक्षमा रहेकाले कम्युनिस्ट,क्रान्तिकारी, समाजवादी, देशभक्त शक्तिहरु एकजुट बनेर नौलो अभियानमा लाग्नुपर्ने बताए ।
प्रशिक्षणका क्रममा महासचिव विप्लवले पार्टीले एकीकृत जनक्रान्तिको लक्ष्य र कार्यक्रमलाई स्थापित तथा कार्यन्वयन गराउन क्रान्तिका सबै आयामहरु प्रयोग गर्ने बताए ।
विप्लवले निर्वाचन प्रयोग भन्ने बित्तिकै संसदीय व्यवस्थाको रुपमा नलिन र यसलाई एकीकृत जनक्रान्तिको निरन्तरताको रुपमा लिनुपर्ने बताए ।
प्रशिक्षण कार्यक्रममा क्रान्तिकारी माओवादीका दर्जन बढी कार्यकर्ता प्रवेश गरेका छन् ।
प्रशिक्षण कार्यक्रम नेकपाका प्रदेश इन्चार्ज दिपेश सीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शैलेस सीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।