४ जेष्ठ २०८१, शुक्रबार

बिआरआई लागू नगर्न नेताहरुलाई धम्क्याउँदै अमेरिका

0

काठमाडौं – चिनियाँ सरकारको प्रत्यक्ष संलग्नतामा बन्न लागेको बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) परियोजना कार्यान्वयन नगर्न अमेरिकाले ब्यापक दबाव दिएको पाइएको छ । कछुवा गतिमा नै भएपनि अघि बढिरहेको बिआरआईलाई रोक्न एमसीसी र अमेरिकी कुटनीतिज्ञहरुसँगै अमेरिकाले सरकारमाथि दबाव दिइरहेको नेपाल कम्युनिस्ट पार्टीले जनाएको छ ।

नेकपा उच्च श्रोेतलाई आएको जानकारी अनुसार अमेरिकाले कर्मचारीलाई काम नगर्न दबाव दिएको र बिआरआई कार्यान्वयन नगर्न नेताहरुलाई धम्क्याउँदै आएको छ । बैशाख १८ गते काठमाडौं, कमलादीस्थित प्रज्ञा भवनमा भएको पत्रकार सम्मेलनमा नेकपाका महासचिव विप्लव सीले ‘विदेशी हस्तक्षेप तिब्र भएको’ भन्दै यसको संकेतसमेत गरेका थिए ।

अमेरिकी कुटनीतिज्ञहरुले जिल्ला–जिल्लामा पुगेर सिडिओलाई बिआरआईसँग जोडिएका परियोजनाको काम अघि नबढाउन, एमसीसी परियोजनालाई सुरक्षा दिन, नेकपाको निगरानी बढाउन र नेकपासँग सरकारी कामकाजमा सहकार्य नगर्न दबाव दिएको श्रोतको दावि छ ।

अमेरिकीहरुले सरकारमाथि तथा कर्मचारीमाथि दैलोदैलो चाहारेर ब्यापक दबाव दिइरहेकोले राष्ट्रिय स्वाधीनतामा नै चुनौती थपिएको नेकपाका स्थायी समिति सदस्य अनिल सीले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।