२५ माघ २०८१, शुक्रबार

डोटीमा विभिन्न पार्टी परित्याग गरी १४ जना नेकपामा प्रवेश

0

डोटीमा विभिन्न पार्टी परित्याग गरी १४ जना नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् । बुधबार डोटीमा एक कार्यक्रमका बिच १४ जनाले नेकपा प्रवेश गरेका हुन् । सायल गाउँपालिका वडा नम्बर ६ का दिल बहादुर विक, दिपायल सिल्गडी नगरपालिकाका वडा नम्बर ३ का रोषन नेपाली, वडा नम्बर २ का ध्वज बहादुर शाही, शिखर नगरपालिका वडा नम्बर ११ का कृष्ण बलायर नेकपामा प्रवेश गरेका हुन् । त्यसैगरी दिपायल सिल्गडी नगरपालिकाका वडा नम्बर १ का शेर बहादुर विक, नारु देवि विक, कमला नेपाली र चन्द्र नेपाली, वडा नम्बर ३ का पुष्कर विक र प्रेम आउजीले पनि नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेको केन्द्रिय सदस्य तथा डोटी जिल्ला इन्चार्ज बिमल सीले जानकारी गराए । त्यसैगरी दिपायल सिल्गडी नगरपालिकाका वडा नम्बर ४ का पार्वती भूल, अमृत भूल, कल्पना भूल, बसन्ती भूल गरी १४ जना नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेको बिमलले जानकारी गराए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।