![](https://janapatrika.com/wp-content/uploads/2025/02/Bharat.jpg)
सर्लाही – बागमती नगरपालिकाका मेयर भरतकुमार थापा निलम्बित भएका छन् । नेपाल कम्युनिस्ट पार्टीका तत्कालिन सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलका हत्यारा तथा प्रमुख योजनाकार थापा भ्रष्टाचार मुद्धामा निलम्बित भएका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वनको जग्गा अतिक्रमण गरि आफ्नो मतदातालाई बाँडेको आरोपमा थापामाथि मुद्धा दायर गरेको हो । अख्तियारबाट भ्रष्टाचार मुद्धामा डामिएका थापामाथि हत्या आरोपसमेत लागेको छ ।
पौडेलकी आमाले सर्लाही प्रहरीमा थापाविरुद्ध किटानी जाहेरी दिएकी थिइन् । थापाकै दबाव र प्रलोभनमा परेर सर्लाहीको माओवादी पार्टी भ्रष्टाचारी, हत्या आरोपित र निलम्बित मेयर थापालाई बचाउन मरिमेटेर लागेको छ । जसको कारण सर्लाहीको माओवादी पार्टी बदनाम हुँदै गएको छ।
नेकपाका मधेश प्रदेश इञ्चार्ज अनिल सीले शुक्रबार जनपत्रिकासँग संक्षिप्त कुराकानीमा हत्या आरोपी, भ्रष्टाचारी, गुण्डाचरित्रका थापासँगै सती जाने कार्य नगर्न सबैसँग अपिल गरेका छन् ।