३ आश्विन २०८१, बिहीबार

त्रिविमा भएको राजनीतिक हस्तक्षेपविरुद्ध ७ विद्यार्थी संगठनद्वारा संघर्षको घोषणा

0

 

काठमाडौँ । अखिल (समाजवादी) सहित सात विद्यार्थी संगठनले प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिवि नीति तथा कार्यक्रम पेस गर्न नदिएको घटनाप्रति घोर आपत्ति प्रकट गर्दै त्रिविमा भएको राजनीतिक हस्तक्षेपविरुद्ध संघर्षको घोषणा गरेका छन् ।
घोषित कार्यक्रम अनुसार साउन २२ गते देखि देशव्यापी त्रिविका आंगिक क्याम्पसहरुमा संयुक्त विरोध व्यानर राख्ने, २३ गते त्रिविका पदाश्रिकारीहरु (उपकुलपति, शिक्षाध्यक्ष र रजिष्ट्रार) संग छलफल र ध्यानाकर्षण गर्ने र २५ गते त्रिवि किर्तिपुरमा संयुक्त अन्तरक्रिया कार्यक्रम गर्ने रहेको जनाइएको छ । 

संयुक्त विज्ञप्तिमा भनिएको छ, -‘प्रधानमन्त्री केपी ओलीको यो कदमले विश्वविद्यालय राजनीतिक हस्तक्षेप गर्ने घृणित पुरानो खेल दोहोरिएको आभाष भएको छ । त्रिविको परिक्षा नियन्त्रण कार्यालयबाट उत्तरपुस्तिकाहरु हराएको विषयमा गठित छानविन समितिको प्रतिवेदन समेत कार्यान्वयन र दोशी उपर कारबाही गरिएको छैन । विद्यालय शिक्षा विधेयक–२०८० को मूल मर्मलाई तोडमोड गरिएको छ भने राज्य यसलाई संसदबाट ट पास गर्न र लागु गर्न समेत चरम ढिलासुस्ती गरिरहेको छ । तसर्थ हामी संयुक्त विद्यार्थी संगठनहरु विश्वविद्यालयमा भएको यस प्रकारको अशोभनिय राजनीतिक हस्तक्षेप  र शिक्षा क्षेत्रका समस्याहरु केन्द्रीत पहिलो चरणमा निम्न संघर्षका कार्यक्रमहरु घोषणा गदछौँ ।’

संघर्षका कार्यक्रमहरु
१) २०८१ साउन २२ गते देखि देशव्यापी त्रिविका आंगिक क्याम्पसहरुमा संयुक्त विरोध व्यानर राख्ने ।
२) २०८१ साउन २३ गते त्रिविका पदाधिकारीहरु (उपकुलपति, शिक्षाध्यक्ष र रजिष्ट्रार) संग छलफल र ध्यानाकर्षण गर्ने ।
३) २०८१ साउन २८ गते त्रिवि किर्तिपुरमा संयुक्त अन्तरक्रिया कार्यक्रम गर्ने ।
(पहिलो चरणका संघर्षका कार्यक्रमहरुपछि दोस्रो चरणका कार्यक्रमहरु घोषणा गरिने छ ।)


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।