३१ भाद्र २०८१, सोमबार

हेटौडामा बन्द रहेका राष्ट्रिय उद्योगहरु सञ्चालन गर्न माग गर्दै युवाहरुको प्रदर्शन

0

हेटौडा । नेपाल कम्युनिष्ट पार्टी निकट युवा संगठन नेपालले बन्द रहेका राष्ट्रिय उद्योगहरु यथाशिघ्र सञ्चालन गर्न माग गर्दै हेटौडामा प्रदर्शन गरेका छन् ।
युवा संगठन नेपालको आयोजनमा सोमवार भएको युवाहरुको प्रदर्शन हेटौडा बजार परिक्रमा गरी कोणसभामा परिणत भएको थियो ।
युवाहरुले नेपालका दलालहरुले राष्ट्रिय उद्योगहरु बेचेर खाएको भन्दै कोणसभामा कडा आपत्ति जनाएका छन् ।
युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष दिनेश सीले कोणसभालाई सम्वोधन गर्दै नेपालका दलालहरुले हेटौडा लगायत देशका विभिन्न ठाँउमा रहेका राष्ट्रिय उद्योगहरु बेचेर खाएको भन्दै कडा विरोध गरे ।
उनले तत्काल नेपाल सरकारले उद्योग सञ्चालनको लागि एउटा समिति बनाएर बन्द उद्योग सञ्चालन गर्न माग गरे । उनले युवा युवतीहरुलाई सचेत गराउदै दलालहरुले विदेश पठाउने बहानामा युवायुवतीहरुलाई ठग्ने गरेको भन्दै म्यानपावरहरुलाई त्यस्तो नगर्न कडा चेतावनी दिए ।
अध्यक्ष दिनेशले भने ‘युवा युवतीहरुलाई विदेश पठाउने वहानामा ठगीएको छ, यो देशमा दलालहरु विरुद्ध लड्ने युवा पनि छ, हेक्का रहोस्, हामी दलालहरुलाई कार्वाही गर्न वाध्य हुनेछौ । दलालहरुलाई उद्योग बेचेर खान पाइदैन, युवायुवतीहरुलाई विदेशमा बेच्न पाइदैन, उद्योगहरु नेपालमै सञ्चालन गरी रोजगारी सृजना गर्न यथाशिघ्र माग गर्दछौँ ।’
उनले समाजवाद विना बन्द उद्योगहरु सुचारु हुन मुस्कील भएको पनि जिकिर गरे ।
उनले युवा संगठन नेपाल र यसको माउ पार्टी नेपाल कम्युनिष्ट पार्टी ०८४ पछि नयाँ शक्तिको रुपमा उदयमान हुने दाबी पनि गरे । उनले समाजवादी व्यवस्थाले मात्र बेरोजगार युवा युवतीहरुलाई रोजगारी दिने र राष्ट्रिय उद्योगहरुको विकास हुने भन्दै समाजवादका लागि युवाहरु एकताबद्ध हुनुपर्ने बताए ।
कोण सभा कार्यक्रमको संचालन युवा संगठन नेपालका केन्द्रीय उपाध्यक्ष विश्लेषण सीले गरेका थिए । कार्यक्रममा युवा संगठन नेपालका केन्द्रीय सचिवालय सदस्य अशोक सी, केन्द्रीय सदस्य पारस सी, हिमाल सी, रमेश सी लगायतका युवा नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।