३ आश्विन २०८१, बिहीबार

समाजवादी मधेसी मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलन फागुनमा

0

कपिलवस्तु/ नेपाल कम्युनिस्ट पार्टी सम्बद्ध समाजवादी मधेसी मुक्ति मोर्चाले आगामी फागुनमा राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ । मङ्गलबार कपिलवस्तुको शिवनगरमा सम्पन्न मोर्चाको दोस्रो भेलाले यस्तो निर्णय गरेको नेकपा स्थायी समिति सदस्य एवम् जातीय-क्षेत्रीय मोर्चा प्रमुख विषम सीले जनाएका छन् ।

मधेसमाथि भैरहेको वर्गिय र जातीय मुक्तिका लागि दलाल पुँजीवादको अन्त्य र समाजवाद स्थापनाको प्रमुख उदेश्यसहित निर्माण गरिएको समाजवादी मधेसी मुक्ति मोर्चाले, पूर्वसाँसद विनाेद उपाध्यायकाे संयाेजकत्वमा १७ सदसीय रा्ष्ट्रिय सम्मेलन आयाेजक समिति घाेषणा गरेको छ ।

त्यस्तै भेलाले माघ मसान्तसम्म सबै जिल्लाहरुमा भेला, सम्मेलनहरु सम्पन्न गरिसक्ने निर्णय समेत गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।