३ आश्विन २०८१, बिहीबार

नेपालमा ७५ वर्षदेखि हुन नसकेकाे क्रान्ति नेकपाले गर्छ : प्रकाण्ड

0

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले ७५ वर्षदेखि हुन नसकेकाे क्रान्ति नेकपाले गर्ने दाबी गरेका छन् । मंगलबार जनवर्गीय संगठन/माेर्चा बागमती प्रदेशकाे प्रथम बैठककाे अध्यक्षता गर्दै उनले नेपाल कम्युनिस्ट पार्टी स्थापना भएदेखि हुन नसकेकाे क्रान्ति नेकपाले गर्ने दाबी गरेका हुन् ।
पार्टीकाे बागमती प्रदेश इन्चार्जसमेत रहेका उनले नेपालमा १० बर्ष चलेकाे जनयुद्धले परिवर्तनकाे पक्षमा धेरै काम गरेकाे बताउँदै जनयुद्धले गर्न नसकेका काम एकीकृत जनक्रान्तिले गर्ने बताए ।

“नेपालमा‌ ७५ बर्षमा नभएकाे काम हामी गर्न सक्छौँ भन्ने छ । हामीले गर्छौं।”, उनले भने, “नेपालमा जति परिवर्तन भएकाे छ १० बर्षे जनयुद्धले भएकाे छ । जनयुद्धले समेत गर्न नसकेका काम एकीकृत जनक्रान्तिले गर्छ ।”
प्रवक्ता प्रकाण्डले नेपालमा २४० वर्ष पुरानो राजतन्त्रकाे अन्त्य जनयुद्धले गरेकाे ठाेकुवा गर्दै नेतृत्वले जनयुद्धलाई निर्णयमा पुर्याउन नसकेकाे बताए । जनयुद्ध निर्णायक बिन्दुमा नपुग्नुमा सिद्धान्तमा कमी भएकाे उनकाे भनाई थियाे ।
बैठकमा जनवर्गीय संगठनका प्रदेश इन्चार्ज, संयाेजक, अध्यक्ष तथा माेर्चाका प्रदेश इन्चार्ज/अध्यक्षहरूकाे उपस्थिति रहेकाे थियाे । बैठक बुधबार बिहान पुन: बस्नेगरी स्थगित भएकाे छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।