३ आश्विन २०८१, बिहीबार

चितवन र मकवानपुरमा शिक्षालय सुधार तथा संगठन विस्तार अभियान तिव्र

0

हेटौंडा/ नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (समाजवादी) ले नारायणी-मधेस प्रदेशमा शिक्षालय सुधार अभियान सञ्चालन गरेको छ । यतिबेला प्रदेश अन्तर्गतको चितवन र मकवानपुर जिल्लामा अभियान रहेको छ । सार्वजनिक शिक्षाको गुणस्तर र नागरिकबीच सरकारी पठनपाठनप्रति प्रश्न उठिरहेको बेला शिक्षालय सुधारमा अभिप्रेरित गर्ने उदेश्यले अभियान सुरुआत भएको प्रदेश सुचना तथा संचार विभाग प्रमुख सुर्य सीले  बताएका छन् ।

प्रदेश अन्तर्गतको चितवन र मकवानपुरमा गरि यो हप्तामा मात्र हजारौं विद्यार्थी प्रशिक्षित गरेको २५० भन्दा बढि सङ्गठित गरेको, ५० वटा भन्दा बढी शैक्षिक संस्थाको अनुगमन गरेको, शिक्षक अभिभावकसङ्ग भेटघाट गरेको, नराम्रो काममा खबरदारी गरेको, वृक्षारोपण लगायत कार्यहरु गर्दै अभियान अगाडि बढिरहेको उनले जनाए ।

संविधानले आधारभूत शिक्षालाई नागरिकको मौलिक अधिकार भनेर शिक्षाको दायित्व लिएको भएपनि पढ्ने/लेख्ने कुरा किनबेचको वस्तु जस्तो भएको छ । नीजि स्तरबाट सञ्चालित स्कूलकलेजहरु सरकारी र सामुदायिक भन्दा अब्बल हुन्छन् भन्ने मानक स्थापित हुन थालेको छ । सम्पन्न र मध्यम वर्गिय परिवारका छोराछोरी प्रायः संस्थागत विद्यालयमा पढ्छन् भने विपन्न र कमजोर आर्थिक हैसियत भएका सर्वसाधारणका छोराछोरीले मात्रै सरकारी शिक्षालय पढ्नुपर्ने अवस्था छ । यद्यपि सार्वजनिक शिक्षामा राज्यको ठुलो लगानी छ ।

अखिल (समाजवादी) का अनुसार शिक्षालयमा देखिएका अनियमितता, भौतिक पूर्वाधारको कमी, चुस्त व्यवस्थापनको अभाव, पठनपाठनमा नियमिततको कमी जस्ता कारणले सरकारी शिक्षाको गुणस्तरमा कमी हुन गएको बताइएको छ ।

अखिल (समाजवादी) को देशव्यापी अभियान अन्तर्गत नारायणी-मधेस प्रदेशमा सुरुआत गरेको अभियानमा संगठन निर्माण, वृक्षारोपण, विद्यार्थी जागरण, शिक्षक अभिभावक र विद्यार्थीसङ्ग समस्याबारे अन्तर्कृया गर्ने, सरोकारवालाहरुलाई झक्झक्याउने, शैक्षिक सामग्री वितरण गर्ने लगायत रचनात्मक कार्यक्रम रहेका छन् ।

चितवनमा अखिल (समाजवादी) का सचिव  एवम प्रदेश इन्चार्ज अटल सी,  सह-इन्चार्ज लोकेश सी, सचिवालय सदस्य सुदिप सी, जिल्ला नेताहरु  र इकाई प्रमुखहरु अभियानमा सहभागी रहेको बताइएको छ भने मकवानपुरमा सचिवालय सदस्य विवेक सी र सुर्य सी, केन्द्रिय सदस्य सुवास सी र जिल्ला नेताहरु सहभागी छन् ।

अभियान अन्तर्गत विभिन्न कलेजहरुको र विद्यालयको इकाइ भेला/सम्मेलन समेत भएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।