३ आश्विन २०८१, बिहीबार

राैतहटमा शिक्षक र पार्टीबिच विमर्श

0

राैतहट जिल्ला, चन्द्रपुर बजारमा शनिबार अपरान्ह विभिन्न संगठनमा आबद्ध शिक्षकहरु र नेकपाबिच
पेशागत समस्या र देशको समसामयिक विषयहरुमा व्यापक विमर्श सम्पन्न भएको छ ।
नेकपा मधेस प्रदेशका इन्चार्ज अनिल सीकाे प्रमुख आतिथ्यतामा भएको छलफलमा नेकपाका जिल्ला इन्चार्ज विनोद सीले गरेका थिए ।

पार्टीका जिल्ला सचिव एनबि सीसमेत उपस्थित कार्यक्रममा जनज्योति बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख दुर्गाप्रसाद दाहाल, प्राध्यापक दिपक घिमिरे (उप-प्रध्यापक), शिक्षकहरु राम आचार्य, हरेन्द्र पासवान, शिवाचन यादवलगायतले पार्टी नेतृत्व समक्ष देशको राजनीतिक विषयमा जिज्ञासा राखेका थिए । त्यसको जवाफ र पार्टीको धारणा प्रमुख अतिथिले राखेकाे एकजना सहभागीले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।