३० आश्विन २०८१, बुधबार

मेरा छाेराहरु देशभरि रहेछन् – सहिद बेचु पाैडेलकी आमा इन्द्रमाया पाैडेल

0

२०६० साल भदौ १३ गते सर्लाही जिल्ला ईश्वरपुर-१२, बाँके खाेला नजिक पर्ने पिपलदमारमा शाही अमेरिकी सेनाले निशस्त्र याेद्धा बेचु पाैडेल, सरला देवकोटा, गणेश पाण्डे र भगवती स्याङ्बाेकाे सामूहिक हत्या गरेकाे थियाे । उनै चारजना महान सहिदहरुकाे सम्मानमा निर्मित सहिद स्मारक उद्घाटन कार्यक्रममा बाेल्दै सहिद बेचु पाैडेलकी ममतामयी आमा इन्द्रमाया पाैडेल (७५ वर्ष) ले “छाेराकाे हत्या भएकाे खबर सुनेपछि रातभरि रुन्थेँ । मकैबारीमा रुन्थेँ । खेतमा एक्लै राेएँ । छिमेकी, आफन्त कसैले पनि वास्ता गरेनन् । प्रचण्ड र बाबुरामलाई भेट्न खाेजे । भेट्न पाइन । छाेराे नभएपछि काेहि छैन जस्तो लाग्याे । तर आज मेरा छाेरा त देशभरि रहेछन् । एक्लो रहिनछु । मलाई त्यसबेला सम्झाउने काेही भएन । रुनु एक्लाे ठान्नु गलत रहेछ । नबुझेकि रहेछु । छाेरा – छाेरीलाई धेरै धेरै धन्यवाद छ । म पनि पार्टी बढाउन सकेकाे गर्छु । “


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।