३० आश्विन २०८१, बुधबार

भाजपा सरकारले साईबाबाकाे हत्या गर्याे : अनिल सी

0

नेकपाका नेता तथा लेखक अनिल विरहीले फासीवादी हिन्दु साम्प्रदायिक पार्टी भाजपाले अभिव्यक्ति स्वतन्त्रताको गला रेटेर प्राध्यापक जि.एन. साईबाबाकाे हत्याको आराेप लगाएका छन् । असाेज २६ गते राति ८:३६ बजे दिल्लीस्थित निम्स अस्पतालमा उनको निधन भएको हो । भाकपा (माओवादी) सँगसम्बन्धित सामग्री डाउनलाेड गरेको र माओवादी समर्थनमा लेखेको भन्दै भाजपा सरकारले गिरफ्तार गरेको थियो ।
भाकपा (माओवादी) सामाग्री पढेको र सहानुभूतिशील सामाग्री लेखेको-बाेलेकाे आधारमा सरकारले आतंकारीकाे आराेप लगाएपनि २०२२ मा मुम्बई उच्च अदालतले निर्दाेष सावित गरेको थियो । उनलाई २०१४ मा गिरफ्तार गरिएको थियो । ‘इन्टरनेटबाट कम्युनिस्ट वा नक्सल साहित्य डाउनलाेड गर्नु वा कुनै विचारधाराकाे समर्थक हुनु युपिए अपराध अन्तर्गत आउदैन’ मुम्बई उच्च अदालत, नागपुर बेन्चले भनेको थियो । तर सरकारले अनेक बहाना बनाएर पक्राउ गर्याे र राम्रो उपचारको व्यवस्था गरेन । सरकारकै कारण उनको मृत्यु भएको भारतीय बाैद्धिक वर्गकाे आराेप छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।