
नेकपा निकट अखिल नेपाल ट्रेड युनियन महासंघले देभरिका कार्यकर्तालाई चाडपर्वको समयमा राहत वितरण गरेको छ । मधेस प्रदेशमा कार्यरत केन्द्रीय सदस्य होकाङ सी (सप्तरी) को परिवारलाई स्विटर ३ वटा, कुर्ता सुरुवाल २ थान ट्राउजर सेट र पछ्यौरा २ थान प्रदान गरेको छ । नख्खु काराकारका रहेका साहस सी (धनुषा) लाई टि शर्ट २ थान, ट्राउजर र ज्याकेट प्रदान गरिएको छ । त्यसैगरी संगठनका केन्द्रीय सदस्य मोनिका शाहलाई कुर्ता ४ थान, टि शर्ट, पछ्यौरा ३ वटा प्रदान गरिएको छ । असोज २२ गते संगठनका केन्द्रीय अध्यक्ष टेकबहादुर प्रधानले देशका सबै प्रदेशका विपन्न कार्यकर्तालाई राहत वितरण गरेको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्