३० आश्विन २०८१, बुधबार

नेकपा नेता भरत सीद्वारा आस्थाका बन्दीहरुसङ्ग भेटघाट 

0

काठमाडौँ– असोज २६ गते फरक धक्कामुलक टीका-निधारमा नभै हातमा देखिएका टीकासहित नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा सुदुरपश्चिम इन्चार्ज भरत सी रणवीरसहितको टोलिले बन्दीहरुसङ्ग भेटघाट गरेको छ ।

नेकपामाथिको प्रतिबन्धपछि सरकारले पक्राउ गरि राजनीतिक आस्थाका आधारमा जेलमा रहेका बन्दीहरूसङ्ग शनिबार भेटघाट गरिएको हो ।

केन्द्रिय कारागार/सेन्टर जेलमा रहेका आदम कवाडी, भद्र कारागारका दीर्घ नेपाली, नखु कारागारमा रहेका वीरबहादुर कठायतलाई नेकपा स्थायी सदस्य तथा शुदुरपश्मि इन्चार्ज भरत सी, युवा संगठन नेपालका केन्द्रीय सचिव तथा संगठनका बागमती प्रदेश इञ्चार्ज अनिल सी, नेकपा काठमाडौँ जिल्ला समिति सदस्य तथा महानगर कार्यलय सचिव अनोज सीले भेटघाट गरेका छन् ।

हिन्दु नेपालीहरुको चाडपर्व दशैँ मनाइरहेको बेला नेकपासम्बद्ध आस्थाका बन्दीहरूसङ्ग सी संस्कृति अनुसार भेटघाट, छलफल गरिएको युवा संगठन नेपालका केन्द्रिय सचिव अनिल सीले जानकारी दिएका छन् ।

नेपाल कम्युनिस्ट पार्टीले असोज २५ गतेलाई सी स्मृति दिवसको रूपमा देशभर विभिन्न कार्यक्रमसहित मनाएको थियो भने यसै सन्दर्भमा जेल हिरासतमा रहेका आस्थाका बन्दीहरूसङ्ग भेटघाटको कार्यक्रम निरन्तरता समेत तय भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।