८ असार २०८२, आईतवार

नेकपा नेता भरत सीद्वारा सेन्ट्रल जेलकाआस्थाका बन्दीहरूसँग भेटघाट

0

काठमाडौ / नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य एवम् केन्द्रिय स्कुल बिभाग इन्चार्ज भरत सीले काठमाडौको सेन्ट्रल जेलमा रहेका राजनीतिक आस्थाका वन्दीहरुसङ्ग भेटघाट गरेका छन। उनिहरुको स्वास्थ्य स्थिति लगयत समसामयिक स्थितिबारे बुझ्न भेटघाट गरिएको बताईएको छ।

नेकपामाथी प्रतिबन्ध लगाएको बेला आस्थाका आधारमा पक्राउ गरि जेल चलान गरिएका रामदल श्रेष्ठ ,आदम कवाडी, शिव रिमाल ,आशा रावत, अनुषा लिम्वु र रिता कार्की गरि ६ जना बन्दीहरूसङ्ग आइतबार भेटघाट गरिएको नेकपा युवा नेता अनिल सीले जानकारी दिएका छन।

भेटघाटको क्रममा नेकपा नेताहरू बन्धु सी,राजकुमारी सी, र गोविन्दको सहभागिता रहेको बताईएको छ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।