२२ भाद्र २०८१, शनिबार

पाँच वर्षअघिको मुद्धामा नेकपा नेता अनिल र शिलुसहित थुप्रैले पाए सफाई

0

काठमाडौं – ५ बर्षअघिको एउटा घटनालाई लिएर लगाईको झुटा मुद्धामा नेकपा स्थायी समिति सदस्य अनिल सी, शिलु सी लगायतका नेताहरुले सफाई पाएका छन् । मंगलबार धनुषा जिल्ला अदालतले स्थायी समिति सदस्य अनिल र शिलुसहित नेताहरु राजगिर यादव, गौरी मण्डल, रामसुरेश महतो, युसुफ राइन, रोहित ढकाल, विहारी राय लगायतलाई सफाई दिएको हो ।

सफाई पाएका मध्य विहारी सेन्ट्रल सेल सुन्धारामा बन्दी जीवन बिताइरहेका छन् भने अरु सबै बाहिर छन् । अदालतको एक नम्बर इजलासका न्यायाधीश चुरामन खड्काको इजलासले केहीलाई दोषी ठहर गरेको छ । सेन्ट्रल जेलमा रहेका सहिद परिवार आदम कवारी, झुम्का जेल सुनसरीमा रहेका महम्मत सहिल अनसारी, नख्खु जेलमा रहेका इन्द्र शाह (शाहस), महोत्तरी जेलमा रहेका गंगा मण्डल र धर्मनाथ शाहलाई दोषी ठहर गरेको बरिष्ठ अधिवक्ता एकराज भण्डारीले बताए ।

आदालतले दोषीलाई कसुर ठहर सजाय निर्धारणको लागि पेश गर्न आदेश दिएकोे छ । २०७६ साल मंसिर २७ गते धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर बजारमा बम विस्फोट भएको थियो । बम विस्फोटमा २ जनाको मृत्यु भएको थियो भने प्रहरी निरीक्षकसहित ४ जना घाइते भएका थिए । नेकपालाई सरकारले प्रतिबन्ध लगाएकाले नेकपा महासचिव विप्लवसहित थुप्रै नेता कार्यकर्तालाई उक्त मुद्धामा प्रतिवादी बनाएको थियो ।

सरकारले कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, अङ्गभंग, बम विष्फोटक, विष्फोटक पदार्थ सम्बन्धी कसुर र संगठित अपराधमा विप्लवसहित २७ जनालाई मुद्धा चलाएको थियो । अदालतले विप्लवसहित अदालतमा उपस्थित नभएको केहीको मुद्धा हेर्दाहेर्दैमा राखेको छ ।    


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।