३१ भाद्र २०८१, सोमबार

पार्टी एकता सत्ता, शक्तिको लागि नभई समाजवादको लागि हुनपर्छ : अनिल सी 

0

बर्दिवास । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा मधेस प्रदेश इन्चार्ज अनिल सीले क्रान्तिकारी विचार र नेतृत्वको आधारमा कम्युनिस्टहरुबिच ध्रुवीकरण हुनपर्ने बताएका छन् ।
नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य इन्द्रदेव यादव, लोकतान्त्रिक समाजवादी पार्टीको केन्द्रिय सदस्य नवल मण्डलसहित १ दर्जन भन्दा बढी नेता कार्यकर्ता नेकपामा प्रवेश गराउँदै उनले यस्तो बताएका हुन् ।

शुक्रबार नेपाल कम्युनिस्ट पार्टी मधेश प्रदेश कार्यलयद्वारा बर्दिवासमा  आयोजित  क्रान्तिकारी कम्युनिस्टहरूकाे ध्रुवीकरण कार्यक्रममा बोल्दै उनले आफुहरु एकता विरोधी नभएको तर एकता सत्ता, शक्तिको लागि नभई समाजवादको लागि हुनपर्ने बताएका छन् ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य इन्द्रदेव यादवले माओवादी केन्द्र परिवारवादमा फसेको र अब त्यो पार्टीबाट क्रान्ति नहुने बताए ।

शान्तिप्रक्रियामा आउने बित्तिकै विप्लवले प्रचण्ड बिग्रेको भन्दा आफुलाई नराम्रो लागेको तर आफुले त्यो पछि बुझेको बताए ।

नेपाल कम्युनिस्ट पार्टीका  स्थायी सदस्य तथा मधेस प्रदेश इन्चार्ज अनिल सीले उनीहरुलाई माला लगाएर  सम्मान गर्दै पार्टीमा समाहित गरे ।
उक्त कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका पिबिएम देवनारायण सी, केन्द्रीय सदस्य पवन सी, सर्लाही जिल्ला सेक्रेटरी जनक सी, अखिल (समाजवादी) का केन्द्रिय सचिव विद्यार्थीअटल सी लगायतको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।