३१ भाद्र २०८१, सोमबार

प्रचण्डबाट क्रान्तिको नेतृत्व सम्भव छैन : इन्द्रदेव यादव

0

बर्दिवास । नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य इन्द्रदेव यादवले आज नेपाल कम्युनिस्ट पार्टी मधेश प्रदेश कार्यलयद्वारा बर्दिवासमा आयोजित क्रान्तिकारी कम्युनिस्टहरूकाे ध्रुवीकरण कार्यक्रममा बोल्दै अब प्रचण्डबाट क्रान्ति संभव नभएको बताएको छन् ।
नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य इन्द्रदेव यादव, लोकतान्त्रिक समाजवादी पार्टीको केन्द्रिय सदस्य नवल मण्डलसहित १ दर्जन भन्दा बढी नेता कार्यकर्ता आज नेकपामा ध्रुविकृत भएका हुन् ।

ध्रुविकृत हुँदै इन्द्रदेव यादवले माओवादी केन्द्र प्रा.लि.मा परिणत भएको भन्दै आफुले श्रम, संघर्ष र अनुसन्धानमा हिडिरहेको नेपाल कम्युनिस्टमा ध्रुविकृत भएको बताए ।
शान्तिप्रक्रियामा विप्लव कमरेडले प्रचण्ड बिग्रेको भन्दा आफुलाई नराम्रो लागेको तर आफुले त्यो पछि बुझेको बताए ।
आफुले अहिले नेतृत्वमाथि ठोस विश्वास रहेकोले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेको बताउदै अब मधेशमा नेकपालाई स्थापित बनाउनुपर्ने उल्लेख गरे ।
लोसपाका केन्द्रिय सदस्य नमन मण्डलले कम्युनिस्टहरु सत्तामा पुगेर बिग्रेको भन्दै एकपटक विप्लवले आशा जगाएको भन्दै सबैले विश्वास गर्नपर्ने बताए ।
नेकपा स्थायी सदस्य तथा मधेश प्रदेश इन्चार्ज अनिल सीले उनीहरुलाई मालाले सम्मान गर्दै पार्टीमा समाहित गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।