३१ भाद्र २०८१, सोमबार

अमेरिकाको रंगीन क्रान्ति र बंगलादेशको विद्रोह

0

                   

युद्धको निर्यात गर्नु, कलर रेभुलेसन अर्थात् रंगीन क्रान्ति शुरु गर्नु, अतिवादी विचारलाई बढावा दिनु र आर्थिक अस्थिरतालाई जोड दिनु । अमेरिकाले संसारभर रत्तपात र उथलपुथलको यो अन्तहिन अभ्यास गरिरहेको छ । जसलाई उसले लोकतन्त्रको मोडलको रुपमा आफ्नो शान भनेर देखाउने धृष्टता गरिरहन्छ । यो नैं अमेरिकी लोकतन्त्रको वास्तविक अनुहार हो ।
हालैं बंगलादेशमा घटेको घटनालाई हेर्दा र तथ्यहरुले के प्रमाणित गर्छ भने अमेरिकाले ‘कलर रेभुलेसन’ अर्थात् ‘रंगीन क्रान्ति’को रणनीतिअन्तर्गत नैं सो विद्रोह सिर्जना गरेको प्रष्ट छ । कोटा खारेजीको माग निमित्त कारण थियो तर भित्री रणनीति अर्कै थियो ।
अमेरिकाले संसारभर आफ्नो अनुकूल शासन चाहन्छ र त्योअनुरु नभएर विभिन्न विद्रोह र क्रान्ति सिर्जना गरेर तख्तापलट गरेको दर्जनौं इतिहास र घटनाहरु छन् । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले अमेरिकाको मागअनुसार आफ्नो देशको भूमिमा अमेरिकी सैन्य एयरबेस राख्न गरेको माग अस्वीकार गरेपछि आफुलाई गद्दीच्युत गरेको बताएकी छिन् ।
बंगलादेशको घटना र अमेरिकाको कलर रेभुलेसन खासगरी विश्वभर अमेरिकाले कसरी आफ्नोप्रतिकूल रहेका शासन व्यवस्थालाई कुमार्फत् तख्तापटल गरेको छ भन्नेबारे यहाँ केही केही घटनाहरुबारे चर्चा गरिनेछ ।
अमेरिकी कलर रेभुलेसनको स्ट्राटेजी
अमेरिकाले सन् २००३ मा जर्जियाबाट ‘रोज रेभुलेसन’ शुरु गर्यो । सन् २००४ मा युक्रेनमा ‘ओरेन्ज रेभुलेसन’ संचालन गर्यो । सन् २००५ मा किर्गिस्तानमा ‘ट्युलिफ रेभुलेसन’ भड्कायो । सन् २०११ मा एशिया र अफ्रिकाका कयौं देशमा ‘अरब स्प्रिङ’ सिर्जना गर्यो । विगतका दशकहरुमा अमेरिकाले ‘कलर रेभुलेसन’ निर्यातमार्फत् विश्वका विभिन्न देशमा रत्तपातविहीन युद्ध छेडेको छ । यी क्रान्ति र युद्ध निर्यात गर्नु अमेरिकी लोकतन्त्रको गज्जबको कर्म बनेको छ ।

लेखक: सुदर्शन सी

सन् १९४५ को दोस्रो विश्वयुद्ध र खासगरी भियतनाम युद्धपछि अमेरिकाले प्रत्यक्ष युद्ध नभएर अप्रत्यक्ष युद्धको बाटो अवम्बन गरेको छ । अमेरिकाले प्रत्यक्ष सैन्य अभियानहरु संचालन गर्नुको साटो आफ्नो विश्वव्यापी नियन्त्रणलाई सुदृढ गर्न विभिन्न देशहरुको आन्तरिक मामिलामा हस्तक्षेप गर्न कलर रेभुलेसनको बाटो अनुशरण गरिरहेको छ । यो आफ्नो कुशल र किफायती कदम भनेर अमेरिकाले लिने गरेको छ ।
विगत तीन दशकमा विश्वमा जति पनि सरकार र व्यवस्थाहरु पतन भए, ती सबैं यस्तैं अहिंशात्मक विद्रोह वा आन्दोलनको बाटो पकडेर अमेरिकाले विश्वमा आफ्नो बर्चश्व टिकाउन खोजिरहेको छ । यसरी कलर रेभुलेसनर्फत विश्वभर अमेरिकाद्धारा सरकार फ्याक्ने र गिराउने देशहरुको संख्या ९० प्रतिशतभन्दा बढी रहेको अनुमान गरिएको छ ।
लिंडसे ए ओरुर्केको पुस्तक ‘कर्भट रिजिम चेन्ज : अमेरिकाज सिक्रेट कोल्ड वार’ का अनुसार शीतयुद्धको समयमा अमेरिकाले संसारभर शासन व्यवस्था परिवर्तन गर्नका लागि ६४ गोप्य ट्रायल र ६ पटक प्रत्यक्ष (खुल्ला) प्रयासहरु गरेको थियो ।
अमेरिकी नेतृत्वमा संचालन भएका ती रंगीन क्रान्ति र त्यसको परिणाम हेर्दा ती देशहरुमा न शान्ति आयो न त वास्तविक लोकतन्त्र नैं बहाल भयो । बरु ती देशहरुमा पछिसम्म पनि ब्यापक अराजकता र विनाश मात्रैं आइरह्यो ।
पर्यवेक्षकहरु भन्छन् कि आजको विश्वमा अराजकता र अस्थिरताको मूल कारण अमेरिकाको कलर रेभुलेसन र कथित लोकतन्त्र हो ।
अमेरिकी नेतृत्वमा विश्वभर आएको संकट
२० औं शताव्दीको उत्तराद्र्धदेखि मध्य एशिया, पूर्व सोभियत संघमा रहेका मुलुक र पूर्वी यूरोपेली देशहरुमा अमेरिकाद्धारा ‘कलर रेभुलसन’हरु व्यापक मात्रामा संचालन गरियो । यी कलर रेभुलेसनहरुको खोजी गर्दै जाँदा के तथ्य फेला पर्यो भने त्यो कलर क्रान्तिभित्र अमेरिकाको कालो कर्तुतहरु नराम्रोगरी उजागर हुन पुग्यो ।
युरेशियाली देशहरु त्यो रंगीन क्रान्तिहरुबाट बढी प्रभावित भएको देखियो, जहाँ अमेरिकाले अधिकतम कथित विद्रोही भावना र शासन परिवर्तन भड्काउन बढी भन्दा बढी क्रियाशिता देखायो ।
खासगरी सन् २००३ को अन्त्यमा जर्जियामा संसदीय निर्वाचन सम्पन्न भयो । उक्त चुनावमा जर्जियाको राष्ट्रपतिमा एडुआर्ड शेवर्नदेजले बहुमत ल्याए । तर संसदीय निर्वाचनको मतगणनामा धादली गरेको भन्दैं अमेरिकाले आन्दोलन सिर्जना गरेर शेवर्नदेजलाई राजिनामा गर्न बाध्य तुल्याइयो । अनि त्यसपछि विपक्षी दलका नेता मिखाइल साकाशभिलीलाई राष्ट्रपति बन्नका लागि बाटो खुलाइयो । यही क्रान्तिलाई ‘रोज रेभुलेसन’ अर्थात् गुलाब क्रान्ति भन्ने गरिन्छ ।
जर्जियापछि अक्टोबर २००४ मा युक्रेनमा यस्तो राजनीतिक परिदृश्य देखापर्यो कि अमेरिकाले युक्रेनको  निर्वाचनमा जर्जियाको जस्तैं ‘धादली काण्ड’ मच्चाएर स्थानीय युवाहरुलाई सडकमा उतारियो । त्यसपछि विपक्षी दलका नेता भिक्टर युशचेन्सकोलाई समर्थन गर्न उक्साइयो । यो घटना वा विद्रोहलाई पछि ओरेन्ज रेभुलेसन अर्थात् सुन्तला क्रान्ति पनि भन्ने गरिन्छ ।
मार्च २००५ मा किग्रिस्तानमा एकपटक फेरि अमेरिकाले संसदीय निर्वाचनको नतिजाविरुद्ध विपक्षी दलका मान्छेलाई उक्सायो । अन्ततः त्यो दंगा भड्कावमा परिणत हुन पुग्यो । जहाँ ठूलो हिंशात्मक विद्रोहपछि किग्रिस्तानका तत्कालिन राष्ट्रपति अक्सर अकायेभ सत्ता छोडेर भाग्नु पर्यो । यो विद्रोहलाई टयुलिफ रेभुलेसन भनेर चिन्ने गरिन्छ ।
अक्टोबर २०२० मा रुसी विदेशी गुप्तचर एजेन्सीका डाइरेक्टर सर्गेइ नारिश्किनले अमेरिकामाथि मोल्दोवा भन्ने मुलुकमा कलर रेभुलेसन शुरु गर्ने योजना बनाएको खुलासा गरेका थिए । नारिश्किनले एक कुराकानीमा बताए कि अमेरिकाले रुसका छिमेकी देशको आन्तरिक मामिलाहरुमा क्रुरतापूर्वक हस्तक्षेप गरेको आरोप लगाए ।
अरब मुलुकहरुमा पनि अरब स्प्रिङ विद्रोहका पछाडि पनि अमेरिकाको हात थियो, जुन समयमा सरकारविरोधी प्रदर्शन र हिंशाको लहरले केही देशहरुमा गृहयुद्धको जन्म भए । पछि त्यसले ती देश र जनतामा अशान्ति र विनाश मात्र ल्यायो । यी क्षेत्रहरुमा केही परिवर्तनहरु पनि देखिए तर ती देशहरु अझैं पनि आन्दोलनको ठूला झट्काहरुबाट मुक्त हुन सकेका छैनन् ।
बेजिंग नर्मल युनिभर्सिटीमा स्कुल अफ पोलिटिकल साइन्स एण्ड इन्टरनेशनल रिलेसन्सका भाइस डिन झाङ शेङजुनले ग्लोबल टाइम्ससँगको कुराकानीमा कलर रेभुलेसनले अमेरिकाद्धारा सधैं विश्वलाई नियन्त्रण गर्ने रणनीतिले काम गरेको दाबी गर्छन् ।
झाङकाअनुसार हालैका वर्षहरुमा अमेरिकाले चीनको विकासलाई रोक्न र आफ्नो उदेश्य पूरा गर्ने रणनीतिअनुरुप चीनसँग सम्वन्धित देश र क्षेत्रहरुमा कलर रेभुलेसनको रणनीति लागू गर्ने दिशा बदलेको छ ।
यसरी तय हुन्छ कलर रेभुलेसन
कलर रेभुलेसन कुनैं एक व्यक्तिद्धारा अचानक गरिने प्रर्दशन होइन, बरु योजनाबद्ध अमेरिकी राजनीतिक कदम हो । यसमा योजनाकार, प्रशिक्षक, आर्थिक संकलक, भड्काउवाला, विध्वंशकारी, अनुयायीहरु र कहिलेकाँही त आतंककारी समुहहरु, यतिसम्म कि भाडावाला सैनिकहरुसँग पनि समन्वय गरेर तयार पारिएको हुन्छ ।
विज्ञहरुकाअनुसार विश्वभर दशकौंसम्म कलर रेभुलेसन सम्पन्न गरेपछि अमेरिकाले कलर क्रान्तिलाई कलात्मक तरिकाले निर्यात् गर्ने परिपक्व नीति विकास गरेको छ ।
सबैभन्दा पहिले अमेरिकी रणनीतिकारहरुले एक लक्ष्य तय गर्छन्, त्यसपछि उनीहरुले त्यहाँ मनोवैज्ञानिक युद्ध शुरु गर्छन् । सामन्यतया उनीहरुले कुनैं राजनीतिक समुह खोज्छन् र संगठित गर्छन् । उनीहरुको विरोध भावनालाई तीव्र पार्न राजनीतिक प्रशिक्षण र आर्थिक सहयोग प्रदान गर्छन् । त्यसपछि रणनीतिकारहरुले गैरसरकारी संस्था र मिडियालाई हस्तक्षेप गर्न लगाएर विरोध आन्दोलनमा भाग लिनका लागि बाध्यता सिर्जना गर्छन् । यसपछि राजनीतिक आन्दोलन शुरु गर्नका लागि जनतालाई आन्दोलनमा जुटाउने वातावरण तय गर्छन् । यसरी मिसन पूरा गरेपछि विरोधको आन्दोलनको शुरु हुन्छ, अब रणनीतिकारहरुले आन्दोलनलाई तीव्रता दिन र सरकार गिराउनका लागि टोली विस्तारमा पनि जोड दिन्छन् ।
यस्ता केही साधनहरु अपनाइन्छ र जसबाट रंगीन क्रान्तिको बाटो तय हुन्छ ।
अमेरिकी सरकारको नियन्त्रणमा केही आईएनजीओहरुलाई टार्गेट देशहरुमा लामो समयसम्म घुसपैठ गर्न प्रयोग गरिन्छ । उदाहरणका लागि अमेरिकाको कुख्यात एनजीओ ‘नेशनल इन्डोमेन्ट फर डेमोक्रेसी’ (NED) एक स्वघोषित एनजीओ, जो अमेरिकी सरकारको वर्चश्ववादी सिद्धान्त प्रचार गर्नका लागि राज्य कोषद्धारा परिचालित हुन्छ । सन् २०१६ सम्म NED ले कम्तीमा पनि १०३ चीनविरोधी संस्थालाई करिब ९६.५२ मिलियन अमेरिकी डलर प्रदान गरेको थियो । जसमा कुख्यात अलगावादी समुह, जस्तैं विश्व उइगर समुह (WUC) र तिव्वती युवा कांग्रेस (TYC) सामेल छन् ।
अमेरिकाले कट्टरपन्थी युवा समुहहरुलाई समर्थन गर्दै आइरहेको छ र ती नेताहरुलाई एजेन्ट बनाउने काममा बढावा दिइरहेको छ । इजिप्टको सन् २०११ मा अप्रिल ६ को विद्रोहमा नेतृत्वको रुपमा चिनिएका युवा आन्दोलनका नेतालाई सन् २००८ मा युवा संगठनहरुको अन्तराष्ट्रिय बैंठक न्युयोर्कमा आमन्त्रित गरिएको थियो । ती युवाले पछि एक कार्यक्रममा स्वीकार गरे कि उनले आन्दोलनका लागि इन्टर्नशिप – अर्थात् प्रशिक्षण) लिएका थिए र पुलिसँग कस्तो व्यवहार गर्ने भनेर सिकेका थिए ।
अमेरिकाले सबैभन्दा महत्वपूर्ण रुपमा हेरेको सेक्टर हो मिडिया । मिडियाको प्रयोगमार्फत् धेरैं मान्छेका बीचमा पुगोस् र पश्चिमी विचारधारालाई स्थापित गर्न सकियोस् भन्ने अमेरिकी रणनीति हुन्छ । अमेरिकी कंग्रेसद्धारा स्थापित ‘रेडियो फ्रि यूरोप’ले शितयुद्धको समयमा सोभियत संघलाई नियन्त्रण गर्न महत्वपूर्ण भूमिका निभाएको थियो । किनकि उसले पूर्वी यूरोपेली देशहरुमा समाचारमार्फत् पश्चिमी विचारधाराको व्यापक प्रचार प्रसार गर्ने गर्दथ्यो । सन् २०१९ मा यो मिडियाले १२४ मिलियन डलर आर्थिक रकम प्राप्त गरेको थियो । जुन रेडियो २६ भाषाहरुमा प्रसारित हुने गर्दछ र हर हप्ता ३७.६ मिलियन मान्छेका बीचमा पुग्दछ ।
सहायताको नाममा अमेरिकाले टार्गेट कुनैंपनि देशको आन्तरिक मामिलामा पहिले हस्तक्षेप गर्छ र देशको विपक्षी पार्टीहरुलाई आर्थिक सहयोग प्रदान गर्छ । सन् २००३ मा जर्जियामा रोज रेभुलेसन भन्दा धेरैं वर्षअघि विदेशी शक्ति र संगठनहरुले जर्जियाभित्र एनजिओ र विपक्षी दलहरुलाई आर्थिक सहयोग गरेका थिए । उदाहरणका लागि ग्क्ब्क्ष्म् ले जर्जियाको मतदाता नामाबलीको कम्युटराइज गर्न १.५ मिलियन डलर खर्च गरेको थियो ।
चाइनस्थित शानदोङ युनिभर्सिटी माइग्रेसन स्टडी इन्स्टिच्युटका चिफ शोङ्ग कान्चेङ्गले विदेशमा कलर रिभुलेसनलाई उक्साउनुको उद्देश्य अमेरिकाविरोधी शासनलाई जसरी पनि फ्याक्नु र उसको स्थानमा अर्को प्रो अमेरिकी शासनलाई बढावा दिनु हो ।
शोङ्गकाअनुसार अमेरिकाको डरलाग्दो र खतरनाक रणनीति भनेको अमेरिका विरोधी वा नाटोविरोधी सरकारलाई एक तानाशाही शासनको रुपमा चित्रित गर्नु र ढलाउनु हो । अमेरिकाले विश्वभर आफु समर्थक मान्छेहरुको मानव अधिकारको नाममा कुनैं एक देशमा द्धन्द्ध भड्काउने र त्यहाँ गंभीर संकट आइपर्यो भन्दैं त्यहाँको मानवीय संकटलाई हल गर्ने नाममा हस्तक्षेप गर्नु हो ।
सयम क्रमसँगैं अमेरिकाले कलर रेभुलेसनका साधनलाई धेरैभन्दा धेरैं प्रभावकारी बनाउनका लागि उसले लगातार सुधार र परिवर्तन पनि गरिरहेको छ ।
सन् २०११ को अरब स्प्रिङ अर्थात् अरब विद्रोह सिर्जना गर्न फेसबुक, ट्विटरजस्ता सोशल नेटवर्कलाई व्यापक रुपमा प्रयोग गरेर विरोध प्रदर्शनको आयोजना गरिएको थियो । त्यसका साथैं तिनैं सोशल मिडिया प्रयोग गरेर गलत सूचना फैलाउन र बाहिरी शक्तिहरुसँग संवादका लागि प्रयोग गरिन्थ्यो ।
सन् २०११ को जनवरीमा इजिप्टमा भएको विद्रोहमा फेसबुक र ट्विटरजस्ता सामाजिक संजालबाट धेरै युवाहरुलाई अमेरिका र पश्चिमाहरुद्धारा तय गरिएको ‘लोकतन्त्र र स्वतन्त्रता’को नामको विचारबाट भ्रममा पारिएको थियो वा ब्रेनवास गरिएको थियो । पछि तिनैं भ्रमित मान्छेहरु नैं विरोध प्रर्दशनमा भाग लिन गएका थिए । यसबारे कायरो विश्वविद्यालयका चीन–अफ्रिका शोधकर्ता अहमद एलहुसैनीले गंभीर सवालहरु खुलासा गरेका थिए ।
अमेरिकी रणनीतिबारे उनैं अहमद एलहुसैनीले गज्जबको कुरा गरेका छन् । उनी भन्छन्, ‘विश्वका कुनैं पनि ठाउँमा हुने कमजोरीको श्रेय अमेरिकाको कंलकित हातमा नैं जान्छ ।’
यसैबीच अमेरिकाले कलर रेभुलेसन अर्थात् रंग क्रान्तिलाई थप अभ्यास गर्ने क्रममा आफ्नो रणनीतिलाई पनि परिवर्तन गरिरहेको छ । विज्ञहरुकाअनुसार सत्ता परिवर्तनका लागि विपक्षीलाई आर्थिक सहयोग प्रदान गर्नु शासन परिवर्तनको मुख्य तरिका थियो, तर अब अमेरिकाले अन्य देशहरुको कुटनीतिक नीतिहरु बदल्ने कोशिस गरिरहेको छ ताकि ती देशहरुले अमेरिकाको विश्वव्यापी नीतिलाई समर्थन गर्न सकुन् । यूरोपको लिथुुआनिया र अन्य देशहरुको सन्दर्भमा यही प्रवृति देख्न सकिन्छ ।
विश्वको अस्थिरताको जरा
अमेरिकाको रंग क्रान्तिले लोकतन्त्र र शान्ति ल्याउनमा असफल भएको छ । बरु यो ‘ओपन पण्डोरा बक्स’ बन्न पुगेको छ, जसले विश्वभरका धेरैं देश र क्षेत्रको राजनीतिक उथलपुथल, आर्थिक पतन र सामाजिक विपत्ति ल्याउने काम मात्र गरेको छ ।  सारमा हेर्दा रंग क्रान्ति विश्वभरको अस्थिरताको मूल जरा प्रष्ट छ ।
उदाहरणका लागि सन् २०११ को इजिप्टमा ‘लोटस रेभुलसेन’ अर्थात् ‘कमल क्रान्ति’को क्रममा प्रदर्शनकारीहरुले रोटी, स्वतन्त्रता, सामजिक न्यायको नारा लगाए । तर आर्थिक सुचांकहरुले के देखायो भने क्रान्तिपछि झन् त्यहाँको अवस्था बिग्रियो र वर्षौसम्म नकारात्मक प्रभाव परिरहयो ।
इजिप्टको आधिकारिक आंकडाले देखाएको छकि सन् २०१२ देखि २०१६ सम्म इजिप्टको निर्यात स्केल २७ बिलियन डलरबाट १८ बिलियन डलरमा झर्यो । यसले गंभीर बेरोजगारी र व्यापक मुद्रास्फिती पनि निम्तायो ।
डिसेम्बर २०१५ मा दुबईमा एक ‘अरब रणनीति फोरम’ आयोजना गरिएको थियो र त्यो फोरमको अध्ययनअनुसार समग्रमा अरब स्प्रिङपछि त्यसले ल्याएको परिणाम भनेको थप युद्ध, शरणार्थी संकट र आर्थिक मन्दी । जसका कारण ती देशहरुलाई ८३० बिलियन अमेरिकी डलर बराबरको नोक्सान व्यहोर्नु पर्यो । अर्थात् झण्डैं एक ट्रिलियन अमेरिकी डलर गुमाउनु पर्यो ।
मस्को स्टेट युनिभर्सिटीका पोलिटिकल साइन्सका प्रोफेसर आन्द्रेई मनोइलोले सन् २०१९ मा चीनको हंगकंगमा चलेको उथलपुथलपछि एक मिडियासँग भनेका थिए– ‘रंगीन क्रान्तिको मुख्य खतरा भनेको देशका सबैं नागरिक र स्रोत–साधनलाई बाह्य नियन्त्रणमा राख्नु हो ।’
चिनियाँ विज्ञ सोङ्ले ग्लोबल टाइम्ससँगको कुराकानीमा अमेरिकी षडयन्त्रको गंभीर चिरफार गरेका छन् । उनी भन्छन्, ‘मध्यपूर्व र उत्तर अफ्रिकी क्षेत्रका कयौं देशहरुले अमेरिकी नेतृत्वमा आफ्नो मुलुकमा निरंकुश र सर्वसत्तावादी अमेरिकीविरोधी शासनलाई रंग क्रान्तिबाट उखेलेर त फ्याँके । तर पछि आन्दोलनका क्रममा भनिएको आधुनिक, लोकतान्त्रिक र पश्चिमीजस्तो देश निर्माण हुन सकेन, बरु थप भयावह संकट र द्धन्द्धहरु मात्र निम्तिए ।’
सोङ्का अनुसार जुन देश र क्षेत्रहरु आफ्नो परम्परागत शासनबाट चलिरहेका थिए, त्यो आफैमा ठीकैं ढंगले चलिरहेका थिए । तर पछि त्यो अघिल्लो शासन भत्किनु र नयाँ प्रणाली विकसित हुन नसक्दा त्यहाँ विभिन्न धर्म, सम्प्रदाय, जनजाति र संस्कृतिबीच निरन्तर द्धन्द्ध कायम भइरह्यो । किनकि बलियो र भरपर्दो नेताहरु गुमाएपछि ती देशहरु सधैं विवाद र द्धन्द्धमा फस्ने संभावना ररिहन्न्छ ।
के हो बंगलादेशको घटनाक्रम ?
बंगलादेशको पछिल्लो घटनाक्रम बाहिरी सतहमा विद्यार्थी वा जनताको आन्दोलन देखिएपनि भित्री रुपमा भने अर्कै षडयन्त्र रहेको बुझ्न कठिन छैन ।
पक्कैं पनि सताच्युत भएकी शेख हसिनाका कयौं निरंकुश र अधिनायकवादी क्रियाकलापको चौतर्फी विरोध र भण्डाफोर हुनुपर्छ तर उनी सत्ताबाट बाहिरिनुमा विदेशी शक्तिकेन्द्र त्यसमा पनि अमेरिका र उसको गुप्तचर एजेन्सी सिआइएको भूमिकालाई नजरअन्दाज गर्न सकिदैन ।
पछिल्लो १० देखि १५ वर्षमा अमेरिकाले बंगलादेशमा जुन आफ्नो वर्चश्व कायम गर्न खोजिरहेको थियो, त्यो पूरा भइरहेको थिएन । अमेरिका चाहन्थ्यो कि बंगलादेशका दुई वटा टापु रहेको ‘सेन्ट मार्टिन आइल्याण्ड’मा आफ्नो सैन्य आधार शिवर राख्ने । तर शेख हसिनाले त्यो अमेरिकाको प्रस्तावलाई ठाडैं अस्वीकार गरिदिएपछि अमेरिकाले कुनैं पनि समयमा बंगलादेशमा हसिनाको शासन सत्ता पल्टाउने मास्टर प्लान बनाइसकेको थियो र त्यही ‘मास्ट प्लान बी’अन्तर्गत अहिलेको ‘कोटा खारेजी आन्दोलन’ निमित्त कारण बन्न आयो ।
पछिल्लो समयमा बंगलादेशसँग चीनको आर्थिक सम्वन्ध बलियो बन्दैं गइरहेको थियो भने भारतसँग त उसको लामो समयदेखि राम्रैै सम्वन्ध थियो । द डेली स्टार अनलाइनकाअनुसार पछिल्लो वर्ष चीन र बंगलादेशको व्यापार सम्वन्ध २४ बिलियन अमेरिकी डलर पुगेको छ, त्यसमा २२ बिलियिन डलरको चिनियाँ सामान बंगलादेशमा आयात गरिएको छ र २ बिलियिन सामान चीनतर्फ निर्यात गरिएको छ । त्यसैगरी भारतसँग बंगलादेशको १३ बिलियन व्यापार सम्वन्ध रहेको छ । यसरी चीनसँगको बढ्दो व्यापार सम्वन्ध र भारतको राजनीतिक प्रभाव रोक्न अमेरिकाले हर प्रयासहरु गरिरहेको थियो ।
सन् २००२ मा अमेरिकाको सहयोगमा इन्डोशियाको पूर्वी भाग छुट्टाएर अलग्गैं क्रिश्चियन देश इस्ट टिमोर निर्माण गरियो र त्यहाँ पछि अमेरिकी सैन्य एयरवेस स्थापना गरियो । त्यही रणनीति खासगरी अमेरिकाको ‘दोस्रो मास्टर प्लान’अन्तर्गत बंगलादेश र म्यानमारका केही भुभागलाई जोडेर नयाँ क्रिश्चियन देश बनाउने र त्यही टुक्रिएर बनेको नयाँ देशमा आफ्नो सैन्य शिवर स्थापना गर्ने । त्यही दोस्रो मास्टर प्लानअन्तर्गत अहिले अमेरिकाले बंगलादेशमा सफल परिक्षण गरेको देखिन्छ ।
अहिले बंगलादेशको राजनीतिक घटनाक्रम हेर्दा कुनैबेला शीतयुद्धकालमा अमेरिकाले सिआईमार्फत् चिली, ग्वाटेमाला, इरान, अफगानिस्तानजस्ता देशमा हिंशा भड्काएर जसरी सत्ता परिवर्तन गराएको थियो, अहिले त्यही झल्को दिनेगरी कोटा खारेज आन्दोलन सिर्जना गरेर बंगलादेशको राजनीतिमा उथलपुथल ल्याएको कुरालाई नजरअन्दाज गर्न मिल्दैन ।
सन् २०३० मा पुग्दा आर्थिक रुपलले चीन पहिलो शक्ति र २०५० मा पुग्दा चीन पहिलो र भारत दोस्रो आर्थिक महाशक्ति बन्दा आफु तेस्रो शक्तिमा झर्ने विभिन्न अन्तराष्टिय आर्थिक सुचांकहरुले देखाइरहँदा अमेिरका एशियामा आफ्नो परानो वर्चश्व गुम्न नदिन उसले विभिन्न हर्कत र षडयन्त्रहरु गरिरहेको छ । त्यही हर्कत र षडयन्त्रलाई सफल पार्ने रणनीतिअनुरुप अमेरिकाले दक्षिण एशियामा मुलत बंगलादेशमा गरेको यो पछिल्लो परिक्षण केही हदसम्म सफल भएको देखिन्छ ।
बंगलादेशमा आएको यो पछिल्लो दृश्य राजनीतिक घटनाक्रम मात्र हो त्यहाँ कुनैं क्रान्तिकारी परिवर्तन आएको होइन । क्रान्तिकारी परिवर्तन त पूरानो व्यस्थाको अन्त्य र नयाँ व्यवस्था परिवर्तन भएको हुनुपर्छ । जसरी ०५२ सालको जनयुद्धको जगमा ०६२६३ को जनआन्दोलनको बलमा राजतन्त्र फालेर गणतन्त्र ल्याएको थियो । तर बंगलादेशमा त्यो परिवर्तन भएको होइन ।
सावधान, अमेरिकी कलर रेभुलेसनबाट यो सबैंले बुझ्नुपर्ने कुरा होकि अमेरिकाले रंगीन क्रान्तिमार्फत् जुन लोकतन्त्रलाई प्रबद्र्धन गरिरहेको छ, त्यो वास्तविक लोकतन्त्रभन्दा भिन्न छ । इतिहासले बारम्बार पुष्टि गरेको छ कि अमेरिकाको लोकतन्त्रले अन्य देशहरुलाई पुँजीको शिकार मात्र बनाइरहेको छ ।
अमेरिकाले आफ्नो फाइदा र सुविधाका लागि अन्य देशहरुमा कमजोर लोकतान्त्रिक प्रणाली निर्माण गरिहेको छ । लोकतन्त्रको आवरणमा अमेरिकाले रंगीन क्रान्ति निर्यात गरिरहेको छ र विश्वमा आफ्नो विचार र मूल्य÷मान्यतालाई बढावा दिइरहेको छ । वास्तवमा उसको भित्री उद्देश्य अन्य देशका प्राकृतिक स्रोत/साधनमा नियन्त्रण गर्नु हो ।
अमेरिकाको रंगीन क्रान्तिको भित्री भागमा पुगेर अध्ययन गर्दा यो निश्कर्ष निकाल्न सकिन्छ कि अमेरिकी सदभाव र मायाभित्र एउटा डरलाग्दो षडयन्त्र लुकेको हुन्छ । उसको भित्री कुरा विश्वव्यापी अस्थिरतालाई मलजल गर्नु र त्यहीबाट आफ्नोअनुकूल शासन निर्माण गर्नु हो । जो अमेरिकाले हालैं बंगलादेशलगायत यसअघिका दर्जनौं मुलुकहरुमा वर्षौदेखि यही मास्टर प्लान लागू गरिरहेको छ ।
त्यसैले सावधान रहौं, अमेरिकी रणनीति र षडयन्त्रबाट । 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।