६ असार २०८२, शुक्रबार

नेपाली युवा र देशप्रति नेपालको राज्यसत्ताको नजरअन्दाज कि द्वेष?

0

‘युवा परिवर्तनका बाहक हुन् !’                                        -मार्क्स, एङ्गेल्स ।

भूमिका
विगत दसकहरुदेखि हालसम्म नेपालको कुल जनसंख्याको ३३ प्रतिशत भन्दा बढी उर्जाशिल युवा शक्ति रोजगारीको निम्ति विश्वका विभिन्न मुलुकहरूमा विदेशिन बाध्य भएका छन् । स्वदेशमा रोजगारीको अभाव, उद्योग र प्रविधिमा लगानी नहुनू, शिक्षा र सीपको असन्तुलन, शिक्षा प्रणाली र श्रमबजारबिच बिमेल, देशको अर्थतन्त्र विदेशी दलाल पुजिपतिको नियन्त्रणमा हुनु जस्ता नेपालका विनाशकारी समस्याको कारण युवाशक्ति विदेशीन पुगेका हुन् र यो क्रम अझै जारी छ ।
अर्कोतिर नेपाली युवाशक्ति आफ्नो र परिवारको जिवन धान्ने सपना बोकी ठुल-ठुला जोखिम उठाएर श्रम गर्न अमेरिका र विभिन्न मुलुकमा गए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो आगमनपछि उनको सपथ ग्रहण मन्तव्यमा ट्रम्पले धनी आप्रवासीहरुलाई अमेरिकामा बसोबास गर्न पाउने योजना सार्वजनिक गरे । उनका अनुसार ५० लाख खर्च गर्न सक्ने आप्रवासीले गोल्ड्कार्ड पाउनेछन् र यसले उनीहरुलाई अमेरिकी नागरिकता पाउने मार्ग खोल्ने भनेका छन् । हालको विनिमय दर अनुसार उक्त ५० लाख झन्डै नेपाली ७० करोड रुपैयाँ हुन्छ, यो पुजिपतिहरु पक्षको दृष्टिकोण हो । आफ्नो मन्तव्यमा ट्रम्पले अमेरिकामा हुने सबै गैरकानुनी प्रवेश रोकिने भन्दै उनकै शब्दमा लाखौं अपराधी विदेशीलाई देश निकाला गर्ने घोषणा गरि श्रमिक विरुद्ध निर्णय लिए । उनले गरेको निर्णय क्रमिक रूपले कार्यन्यवनमा ल्याइरहेका छन् । आर्थिक सङ्कट्मा छट्पटिएको आमेरिकाले सयौं नेपाली युवाशक्ति र विभिन्न मुलुकका कैयौ श्रमिकहरु अमेरिकाबाट निकाला गरेको छ । उक्त प्रकरणका कारक र कारण तथा असरहरु को र के हुन्, समाधान के हो ? उक्त विषय निम्न अनुसार उल्लेख गरिएको छ

१) कारक तत्व:
नेपाली युवाशक्ति विदेश पलायन हुनु र देशको आर्थिक, राजनैतिक, समाजिक, सांस्कृतिक, नैतिक सबै क्षेत्र कमजोर हुनुमा नेपालको दलाल पुजीवादी राज्यव्यवस्था र सरकार नै कारक तत्व हो । दलाल पुजीवादी राज्यसत्ताका शासकहरुको देश, राष्ट्र, राष्ट्रियता र नेपाली जनतालाई दाउमा राखेर देशीविदेशी पुजिपतिहरुको सेवा गर्ने, उनीहरुकै निगाह पर्खिने, निर्देशनको पालना गर्ने जस्ता तल्लो दर्जाको प्रवृत्तिले आज नेपाल र नेपाली युवाशक्ति खराब स्थितिमा पुगेको छ । त्यसैले यस्तो स्थिति आउनुमा नेपालको राज्यसत्ताको नजरअन्दाज मात्र होइन कि द्वेषपूर्ण दृष्टिकोण तथा गलत व्यवहार हो । तर हाम्रो नेपाली युवाशक्ति दलाल राज्यसत्ताको कुदृष्टिका कारण निराश तथा विदेश विदेश पलायनको बाटो होइन कि ? साहसका साथ राज्यसत्ता बदल्ने, आफ्नो आर्थिक राजनैतिक समाजिक जिवन बदल्ने, नेपाललाई प्रगति र समृद्धिको बाटोमा बदल्ने आँट गर्नुपर्छ ।

२) नेपाली युवाहरू विदेश जानुपर्ने कारणहरु:
क) मुख्य कारण बेरोजगारी

श्रमशक्ति निर्यात र वस्तु आयातको मूल विशेषता भएको नेपाली अर्थतन्त्रमा रोजगारीको सृजना हुँदैन । सरकारले दीर्घकालीन रोजगारी सृजना गर्ने नीति बनाउँदैन कि बरु भएका उद्योगहरु कौरीको भाउमा बेचेर खाने, प्राकृतिक सम्पत्ति जलस्रोत, खनिज, चुनढुङ्गा पाखा, वन, जङ्गल जमिन जस्ता सार्वजनिक सम्पत्ति विदेशीलाई सुम्पिने जस्ता राष्ट्रघाती काम गर्दै आएका छन् । राष्ट्रघाती दलालहरुलाई पाखा लगाउदै देशले गुमाएको सम्पत्ति फिर्ता, प्राकृतिक सम्पत्तिको संरक्षण र उचित उपयोग गर्दै कच्चापदार्थ आयात, तयारी वस्तुको निर्यात, स्वदेशमै रोजगारी, कृषि क्षेत्रको आधुनिकीकरण र क्रयशक्तिको वृद्धि जस्ता कार्यद्वारा देशलाई आत्मनिर्भर बनाउन युवाशक्तिको भूमिका आवश्यक छ ।
ख) दोश्रो कारण शिक्षा क्षेत्र
नेपालको शिक्षा क्षेत्रमा निजीकरण, दलालीकरण, शिक्षामा पहुँचको अभाव, अव्यवहारिक शिक्षा प्रणालीबाट नेपाली युवाहरूलाई परेको असरको कारण पनि विदेश जान बाध्य भएका हुन् । शिक्षा प्रणालीमा रहेकोे समस्याहरुले नेपाली युवाहरुको व्यक्तिगत, समाजिक तथा आर्थिक विकासमा प्रत्येक्ष असर परेको छ । यसलाई बुँदागत रूपमा हेर्न सकिन्छ ।
गुणस्तर शिक्षाको अभाव: सार्वजनिक विद्यालय तथा विश्वविद्यालयमा गुणस्तर शिक्षा छैन, प्रयोगात्मक र व्यवसायिक शिक्षाको कमिले युवाहरूमा सिपको अभाव, प्रविधिको अभाव जस्ता शिक्षा प्रणालीमा समस्या छ ।
बेरोजगारी र शिक्षाबीच विसङ्गति: शिक्षा प्रणाली रोजगारमुखी छैन, जसले गर्दा शैक्षिक योग्यतासहित पनि युवा बेरोजगार छन् , स्नातक पास गरेपनि व्यवसायिक सीप नहुनुले रोजगारी पाउदैन । उच्च शिक्षा र अवसरको खोजीमा लाखौं युवा विदेश पलायन भए । नेपालको शिक्षाले पर्याप्त अवसर दिन नसक्दा देशको प्रतिभा बाहिरीएको छ ।
भावनात्मक र मनोवैज्ञानिक असर: भविष्यप्रति अन्योल, बेरोजगारको डर र समाजिक दबाबले युवाहरुमा मानसिक तनाव तथा निराशा बढाएको र विद्यार्थीहरुमा डिप्रेसन तथा आत्महत्या जस्ता घटना भैरहेका छन् ।
समाजिक असमानता र पहुँचको समस्या: आर्थिक अवस्था कमजोर भएका युवाहरू अझ बढी प्रभावित छन्, जसले वर्गिय विभाजनलाई तीब्र बनाइरहेको छ, साथै डिजिटल शिक्षामा पहुँचको अभावका कारण धेरै विद्यार्थीहरु पछाडि पर्ने र विदेश जानुपर्ने स्थिति पैदा भएको छ । नेपालको वर्तमान शिक्षा प्रणालीले नेपाली युवालाई समृद्धि र सम्भावनाको बाटो दिने भन्दा चुनौतीको सामना गराइएको छ । शिक्षा प्रणालीलाई व्यवहारिक, व्यवसायिक, आधुनिक र समावेशी बनाएर दीर्घकालीन रूपमा देशको मानव संसाधनको क्षति हुने खतराबाट जोगाउन वर्तमान शिक्षा प्रणाली बदल्नु पर्दछ ।

ग) तेस्रो कारण वित्तीय पुजी (बैंक ऋण) 

नेपाली युवाहरु विदेश जानु अघि नै ७८.८९% नेपाली युवाहरुले ऋण लिएका छन्, केहि जना व्यवसायिकको लागि होला । ऋणका लागि बैंक, व्यापारी, साथी, आफन्त र जमिन बेच्ने जस्ता श्रोतहरु प्रयोग हुन्छन् । ऋणको चर्को ब्याज र आयश्रोतको अभावमा युवाहरू विदेश जान बाध्य हुन्छन् । नेपाल राष्ट्र बैंकले विदेशी रोजगारका लागि गैर-जमानत ऋणको व्यवस्था गरेपनि त्यो रेमिटेन्सको आशामा मात्र छैन स्वदेशी रोजगार विरुद्ध छ ।

घ) युवाहरूको निराशाजनक मनोविज्ञान 

अत: यो मनोविज्ञान राज्यसत्ताकै कारण पैदा भएको हो । तर विदेशीने निर्णय भावनात्मक, सामाजिक र मानसिक अवस्थासङ्ग पनि सम्बन्धित छ । स्वदेशमा स्थायी रोजगारीको अवसर नहुँदा युवाले आफुलाई “बेकार ” जस्तो महसुस गर्नु, पढाइ सकेर पनि योग्यता अनुसार काम नपाउनुले आत्मसम्मानमा चोट पुग्नु र सरकारी नेतृत्वप्रतिको अविश्वास नै निराशाका मूल कारण हुन् । यसको विकल्प क्रान्तिकारी नेतृत्वको विचार र युवाहरूको व्यापक सहभागितामा सत्ता परिवर्तन गर्नु नै हो ।
ङ) सामाजिक दबाब र उत्पन्न पिडा

परिवारको अपेक्षा पूरा गर्न युवाहरुमा भारी मानसिक दबाब हुन्छ । साथीहरुले विदेशबाट पैसा पठाएको अवस्थाबाट आफुलाई कमजोर सम्झिने मानसिकताको विकास हुनु, विदेश नगए जिवन सफल भएन भन्ने सोच र विदेशी जिवन सजिलो हो भन्ने भ्रम वास्तविकतासङ्ग मेल नखाने कल्पनाले युवालाई आक्राेशित गरेको छ । दबाब र पिडा पचाउदै वास्तविकतामा अघि बढ्नु आवश्यक छ ।

च) समाजको प्रवृत्ति 

नेपाली युवा विदेशीनुमा समाजको प्रवृत्ति (समाजिक सोच, व्यवहार र संरचना) अधिक पेचिलो हुन्छ । समाजले प्रत्येक्ष वा अप्रत्यक्ष रूपमा युवाहरुलाई विदेश जान बाध्य हुने वातावरण बनाएको छ । तर स्वयं समाजलाई थाहा हुँदैन । विदेश गएको भए सफल भएको मान्य चलन वर्तमान समाजमा छ । दुबई, अस्ट्रेलिया, युरोप, अमेरिका आदि मुलुकमा गएको वा बसेकोमा प्रतिष्ठित विषय बनाउने, विदेश गएको छैन भने समाजले उनलाई काम नपाएको, अल्छि, गोजि रित्तो भन्ने जस्ता गलत र हेपाहा व्यवहार गरेको पाइन्छ, समाजको यो प्रवृत्ति गलत र घातक छ । समाजमा रहेको उक्त सोच र प्रवृत्ति बदल्नु पर्छ ।

३) नेपाली युवाहरु जानू वा फर्काउनुका असर 
क) युवाहरु विदेश जानुले उनीहरुको सिमित र क्षणिक लाभ देखिएपनि दीर्घकालीन रुपमा ठुलो असर पार्दछ । दक्ष जनशक्ति विदेश पलायन हुँदा देशभित्र विशेषज्ञ र सिपको अभाव, जसले दीर्घकालीन विकासमा असर पुर्याउछ, ग्रामीण क्षेत्रमा श्रमको अभावमा उत्पादन घट्ने, सस्तो श्रमशक्ति विदेश पठाउँदा देशमा लगानीको वातावरण कमजोर हुन्छ र औद्योगिक क्षेत्र विनाश हुन्छ, देशको जनशक्ति निर्यात गर्नाले पारिवारिक विघटन, मानसिक तनाव, आवश्यक सेवामा कमि, सामाजिक संरचनामा परिवर्तन तथा सामाजिक र सांस्कृतिक सम्बन्धहरुमा गम्भीर समस्या पैदा भएका छन् भने उनीहरुको श्रमको मुल्य कमि र कार्यका अवस्था कठिन छन् । कैयौं युवा विदेशमै मृत्यु हुने दु:खद घटना घटेका छन्, नेपाल युवा विनाको देशको रूपमा चित्रण हुने अवस्था छ र युवाशक्ति विदेश पलायन हुनुले नेपाल र नेपालीहरुको स्वाभिमानमाथि गहिरो चोट पुगेको छ । यी सबै कुरा जोडेर हेर्ने हो भने दीर्घकालीन रूपमा गम्भीर असर पुगेको छ । यसमा दलाल पुजीवादी राज्यसत्ताकै द्वेष छ ।
ख) अमेरिकाले नेपाल र अन्य मुलुकका श्रमिकलाई फिर्ता पठाएपछिका असर : साम्राज्यवादी अमेरिकीको श्रमिक विरुद्धको हमला र नेपाली शासकको श्रमिक सुरक्षा सोच तथा कुटनैतिक पहल नहुँदा नेपाली युवा फर्किनु पर्‍यो । आफ्नो लक्ष्य थाती राखेर फर्केका युवाहरु अमेरिका जादा रु. ४५ लाखदेखि ९० लाखसम्म खर्च गरेका छन् भने उनीहरुलाई परिबन्दमा पारेर ठगी दलालहरुले कैयौं सम्पत्ति खाएका छन् । तर युवाहरू एक महिना काम गर्न नपाई फर्केका छन् । त्यस कारण युवाहरूमा ठुलो ऋणभार थपिएको छ, यसको ठुलो असर हुनेछ ।
ग) आसा र भरोसामा रहेका परिवार र ऋणभार बढेका युवाबिच समायोजनमा समस्या हुन सक्छ, सबै सचेत तथा संयम हुन जरुरी छ ।

घ) नयाँ मुल्य मान्यता र सोच तथा समस्या लिएर आएका युवा र समाज बीच केहि असमझदारी वा टकराव हुन सक्छ समाज विवेकपूर्ण हुन जरुरी छ । विदेशबाट फर्केका श्रमिकहरुको पुनःस्थापन र रोजगारीको व्यवस्था गर्न सरकारलाई दबाब दिनु पर्छ । सम्भव होला या नहोला । श्रम शक्तिको परिचालन गर्न दीर्घकालीन रणनीति आवश्यक हुन्छ, नेपाल सरकारको नीतिमा त्यो प्रायः छैन, यो अर्को असर हो । यस्तै तमाम असरहरु छन्, नेपालको राज्य आँखामा पट्टी बाँधेर बसेको छ ।

४) समाधानको बाटो
क) विदेशबाट फर्किएका युवा जनशक्ति निराशा होइन कि विवेकपूर्ण र साहसका साथ देशमै रहेर केहि गर्ने आट गर्नु पर्छ तथा सम्पूर्ण नेपाली युवाहरू वास्तविकतासङ्ग मेल नखाने कल्पना होइन सम्भावनायुक्त सपना देख्ने सृजनात्मक विकास गर्न जरुरी छ । समाजमा रहेका असमझदारीहरुको न्यूनीकरण गर्दै रुपान्तरणको प्रक्रियामा लाग्नु, पारिवारिक जिवन सरल र सहज बनाउनु, पारिवारिक तथा समाजिक सम्बन्ध सुधार गर्नु, कडा परिश्रममा निरन्तर सहभागी हुनु र सकारात्मक दृष्टिकोणसहित क्रियाशिल हुनु महत्वपूर्ण पक्ष हो र हुनै पर्छ ।
ख) आर्थिक सङ्कट
पुनः विदेश जाने बाटो समाधान होइन ? झन् ठुलो समस्या हो । स्वदेशमै रोजगारी सृजना गर्नु उत्तम समाधान हो । सानाे लगानी – ठुला उत्पादन शिविर, सामुहिक लगानी – व्यक्तिगत मुनाफा, व्यक्तिगत श्रमको उचित मुल्य निर्धारण, सामुहिक विश्वसनीयता व्यक्तिगत इमानदारीता जस्ता सवालमा हामी विश्वस्त हुने वातावरण बनाउनु सबैको लागि अनिवार्य छ । अग्रगामी चेतनासहित स्वदेशमै रोजगारी, आत्मनिर्भर अर्थनीति, नेपाली नागरिकको जिवनस्तरमा विकाससहित नेपाली अर्थतन्त्रमा परिवर्तन गरि नेपाललाई सम्पन्नशाली बनाउने आँट गर्नै पर्छ । त्यसका लागी नेपालमा प्राकृतिक सम्पत्ति छ केही सम्पत्ति दलालहरुले विदेशीलाई सुम्पेका छन् भने केही आफैले हडपेका छन् । त्यो नागरिकको सम्पत्ति फिर्ता ल्याउनु पर्छ र जमिन, जलश्रोत, खनिज, चुनढुङ्गा, जडिबुटी जस्ता श्रोतको संरक्षण र उचित उपयोग गर्दै नागरिकको सानो पुजीबाटै खाद्यान्न उत्पादन शिविरहरु, कृषिमा आधुनिकीकरण, घरेलु तथा मझौला उद्योगहरु, ठुला उद्योगहरु, जलविद्युत उत्पादनका आयोजनाहरु लगायतका क्षेत्रमा प्रवेश गर्ने सोचको विकास गर्नु समाधान हो ।
ग) नेपालको दलाल पुजीवादी राज्य व्यवस्थाको राष्ट्र र युवाप्रति जुन द्वेषपूर्ण नीति, दृष्टिकोण र व्यवहार छ त्यसप्रति नेपाली नागरिकको बुझाइमा सत्ता सुधार्नु या बदल्नु रहेको छ । दलाल सत्ता जहाँसम्म चल्छ, त्यस्तो सत्तामा देशीविदेशी पुजिपतिहरुको अदृश्य तर निर्णायक शक्ति रहिरहन्छ । त्यसैले सुधारको सम्भावना छैन । आज नेपाली युवा मात्र होइन सारा उत्पीडितवर्ग, माध्यम वर्ग र राष्ट्रिय पुजिपतिवर्गमाथि आर्थिक, राजनैतिक, सामाजिक, सांस्कृतिक जम्मै क्षेत्रमा दलाल सत्ताको बहुलट्ठिपूर्ण दमन भइरहेकै छ । सबै नेपालीको साथ र सहयोगमा दलाल सत्ता र त्यसका प्रतिनिधिलाई माटोमा घुसारेर नेपाली विशेषतासहितको वैज्ञानिक समाजवाद स्थापना गर्नु उचित समाधान हो । विचार, राजनैतिक, भौतिक सबै रूपमा नेतृत्व गर्न कमरेड विप्लव सीको नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी तयार छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।