३१ भाद्र २०८१, सोमबार

यो सरकार बनेपछि अमेरिकी प्रभुत्व झनै बढेको छ : अनिल सी 

0

बर्दिवास / नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य अनिल सीले यो सरकार बनेपछि अमेरिकी प्रभुत्व झनै बढेको बताएका छन् ।
आजदेखि सुरु भएको नेपाल कम्युनिस्ट पार्टी मधेस प्रदेश समितिको तेस्रो पूर्ण बैठकलाई सम्बाेधन गर्दै उनलेे यस्तो बताएका हुन् ।
उनलेे यो सरकार अमेरिकी डिजाइनमा बनेको भन्दै पछिल्लो समय विभिन्न पार्टीका नेताहरु पनि अमेरिकातिर ढल्किएको आराेप लगाए ।

अमेरिका दक्षिण एसियामा सक्रिय रुपमा आएको बताउँदै नेता अनिलले नेपाललाई उनीहरुले महत्त्वपूर्ण रणनीतिक हिसाबले हेरेकाले हामीहरुले त्यसलाई प्रतिरोध गर्ने योजना बनाएर जनतामा जानुपर्ने उल्लेख गरे ।

नेकपाका स्थायी कमिटी सदस्य तथा मधेस प्रदेश इन्चार्ज अनिल सीको अध्यक्षतामा मधेस प्रदेशको कार्यलय बर्दिवासमा बसेको बैठकले विभिन्न विषयमा निर्णय लिने एक नेताले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।