११ बैशाख २०८१, मंगलवार

नेकपा काठमाण्डौ जिल्ला नं–३ ले १ महिने अभियान संचालन गर्ने

0

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी काठमाण्डौ जिल्ला नम्बर ३ ले १ महिने संगठन सुदृढ तथा विस्तार अभियान संचालन गर्ने भएको छ । शनिबार सम्पन्न जिल्ला नम्बर ३ को दोस्रो पूर्ण बैठकले पार्टी संगठन सुदृढ गर्दै जिल्लाभर विस्तार अभियान संचालन गर्ने निणय गरेको हो ।

दिव्य सीको अध्यक्षतामा बसेको बैठकले भ्रष्टचारी, कालोबजारी, मिटब्याजी र लघुवित्तहरुको विवरण संकलन गर्ने समेत निर्णय गरेको नेकपा काठमाडौँ जिल्ला नम्बर ३ ले जनाएको छ ।

बैठकले संगठन सुदृढ तथा विस्तार अभियान चलाउने, भ्रष्टचारी, कालोबजारी, मिटब्याजी र लघुवित्तहरुको विवरण संकलन र उनीहरुको भण्डाफोर गर्ने निर्णय गरेको जिल्ला नम्बर ३ की इन्चार्ज भृकुटी सीले बताइन् ।

बैठकमा पार्टीका पिबिएम तथा उपत्यका ब्युरो ईन्चार्ज कृति सीको प्रमुख आतिथ्यता रहेको थियो भने पार्टी सीसीएम तथा ३ नं जिल्लाका ईन्चार्ज भृकुटी सी, युवा संगठन नेपालका उपत्यका ब्युरो संयोजक अनिल सी लगायतका अतिथिहरुको उपस्थिती रहेको थियो ।

बैठकलाई सम्बोधन गर्दै व्युरो इन्चार्ज कृती सीले अभियानलाई परिणाम मुखि बनाउन निर्देशन दिएका थिए । कार्यक्रममा उपस्थित अन्य अतिथिहरुले अभियान सफलता पूर्वक संचालन होस् भन्दै शुभकामना दिएको नेकपा जिल्ला नम्बर ३ ले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।