१२ बैशाख २०८१, बुधबार

नेकपा ललितपुरले २ महिने जनसम्बन्ध अभियान सञ्चालन गर्ने

जनतालाई लुट मच्चाउने सहकारीको भण्डाफोर गर्ने

0

५चैत, ललितपुर /नेपाल कम्युनिष्ट पार्टी ललितपुरले २ महिने जनसम्बन्ध तथा संगठन सुदृढीकरण अभियान सञ्चालन गर्ने भएको छ। पार्टी केन्द्रद्वारा गरिएका निर्णय दृढता पूर्वक कार्यान्वयन गर्न र जनताका समस्या तथा सवालहरुसंग हातेमालो गर्न अभियान सञ्चालन गर्ने निर्णय गरिएको हो ।

आईतबार ललितपुरको लगनखेलमा बसेको नेकपा ललितपुरको बैठकले अभियान सोमबारबाट क्रियान्वयन गर्ने निर्णय गरेको छ।

उक्त बैठकले सहकारीका नाममा लुट मच्चाउँदै आएका सहकारीलाई भण्डाफोर गर्ने निर्णय समेत गरेको छ।

बैठकमा नेकपा नेता तथा जिल्ला इन्चार्ज बिपिन सीले निर्णयलाई दृढता पूर्वक लगुगर्न निर्देशन दिदै प्रशिक्षण मन्तव्य राखेका थिए। बैठकको अध्यक्षता विकास सीले गरेका थिए।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।