१४ बैशाख २०८१, शुक्रबार

नेकपा काभ्रेले मनायो साँस्कृतिक प्रतिरोध दिवस

0

काभ्रे/नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति काभ्रेले २५ अैां साँस्कृतिक प्रतिराेध दिवस मनाएको छ।२५ वर्ष अघि २०५५ साल चैत ५ गते काभ्रे अनेकोट दाहालगाउँमा सेल्टर लिएर बसेका च्याङ्बा लामा, निर्मला देवकोटा, सुभद्रा सापकोटा, चिनीमाया लामा, गुम्बसिंह लामा, डम्बर श्रेष्ठ र मञ्जु
कुँवरलाई सशस्त्र प्रहरी फौजले घरमा आगो लगाई ,गोली हानेर क्रूरतापूर्वक हत्या गरेको दिनको स्मरण र सहिदहरुको सम्मानस्वरुप सास्कृतिक प्रतिरोध दिवस मनाईएको हो।

आइतबार काभ्रेको मण्डन देउपुर कुन्तावेसिमा सम्पन्न कार्यक्रममा पार्टी केन्द्रीय सदस्य एवं जिल्ला ईन्चार्ज विन्दु सीले साँस्कृतिक प्रतिराेध दिवस औपचारिकतामा मात्र मनाउने होइन,वर्गमुक्तिकाे यात्रालाई निरन्तर अघि वढाउन र
वैज्ञानिक समाजवाद प्राप्तिका लागि वर्गसंघर्षलाई जिवित राख्नु नै याे दिवस मनाउनुकाे औचित्य हुनेछ भन्दै सहिदहरुकाे सपनालाई पुरा गर्न र,शहिदहरुकाे रगत खेर जान नदिने प्रतिवद्दता व्यक्त गरिन।

जिल्ला सेक्रेटरी कल्यान सीको अध्यक्षता भएको दिवसमा नेकपा केन्द्रीय प्रतिनिधि एवं तामाङ मुक्ति माेर्चा केन्द्रीय अध्यक्ष प्रेरक सी ,पुर्व विशेस समिति सदस्य राजेन्द्र सी लगाएतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।