३० कार्तिक २०८१, शुक्रबार

राजबन्दी भेट्न जलेश्वर पुगे अनिल सी

0

मधेस प्रदेशका इन्चार्ज तथा नेकपा स्थायी समिति सदस्य अनिल सी महाेत्तरी जिल्ला कारागारमा रहेका राजबन्दी गंगाराम मण्डललाई भेट्न जलेश्वर जिल्ला कारागार पुगेका छन् ।२०७६ मङ्सिर २८ गते धनुषा महेन्द्रनगर बजारमा भएको घटनामा जाेडेर निर्दाेष सुकुम्बासी गंगाराम मण्डललाई प्रहरीले गिरफ्तार गरेको थियाे । नेकपा, मधेस प्रदेश कार्यलयले पकेट खर्च, फलफूल र पार्टी प्रकाशन मण्डललाई प्रदान गरेकाे थियो । भेटघाटमा राजनीति र घरायसी छलफल भएकाे भेटघाटमा संलग्न वामपन्थी बुद्धिजीवि राजकुमार श्रेष्ठले बताए । उचित उपचारकाे अभावमा मण्डलकाे एउटा गाेडा पक्षघात भएकाे छ । मण्डलले आफ्नो उपचारको व्यवस्था नभएको बताएका छन् । बिहीबार उक्त भेटघाट भएकाे हाे ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।