१० मंसिर २०८१, सोमबार

नेकपाले भाेलि भृकुटीमण्डपमा जनसभा गर्दै, सभालाई महासचिव विप्लवले सम्बाेधन गर्ने

0

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीले ११ औं पार्टी पुनर्गठन दिवसकाे अवसरमा भाेलि मङ्सिर ८ गते काठमाडौंको भृकुटीमण्डपमा भव्य जनसभा गर्ने भएको छ । सभालाई पार्टीका महासचिव विप्लव सीलगायत पार्टीका नेताहरूले सम्बाेधन गर्ने नेकपाले जनाएको छ ।

सभा हुनुअघि भाेलि मध्याह्न १२ बजेबाट काठमाडौँकाे सुन्धारा, शान्तिबाटीका, बागबजार, पुतलीसडक लगायतका ठाउँहरुबाट र्याली निकाली भृकुटीमण्डपमा पुग्ने र दिउँसो १ बजेबाट जनसभा गर्ने भएको छ ।

पार्टी पुनर्गठन दिवसकाे पूर्वसन्ध्यामा आज मंसिर ७ गते दिपावली गर्दैछ ।
यसअघि पार्टी पुनर्गठन दिवसकाे अवसरमा मङ्सिर ५ गते पत्रकार सम्मेलन, ६ गते भक्तपुरकाे सल्लाघारीदेखि काठमाडौँका विभिन्न स्थानमा माेटरसाइकल रर्याली गरिसकेको छ । भाेलिकाे जनसभामा उपस्थितिका लागि सबैलाई अनुरोध समेत गरेको छ ।
नेकपाले मंसिर ८ गते ११ औं पार्टी पुनर्गठन दिवसकाे अवसरमा देशव्यापी जिल्ला जिल्लामा विभिन्न कार्यक्रम गरि मनाउन लागेको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।