२५ मंसिर २०८१, मंगलवार

युरोप युद्धको स्थितिमा

0

मंगलबार युक्रेनले रुसमाथि लामाे दूरीको हतियार प्रयोग गरेको थियो । बिहीबार बिहान ७ बजे रुसले युक्रेनमाथि आवाज भन्दा ९ गुणा छिटो गतिमा जाने ICBM क्षेप्यास्त्र प्रहार गरेको छ । जुन क्षेप्यास्त्र ५ हजार किमीसम्म प्रहार गर्न सक्छ । यसलाई कुनै प्रणालीले रोक्न सक्दैन । नर्वे, स्विडेन, डेनमार्क, फिनल्याण्ड, फ्रान्सलगायत देशले ‘युद्धको स्थितिमा के गर्ने ?’ लेखिएको पर्चा बाँडेका छन् । कतिपय देशले सेनालाई सतर्क रहन भनेका छन् । डेनमार्कले ३ दिनको लागि पानी, खाद्य पदार्थ, ब्याकअप सुरक्षित गर्न भनेको छ । अमेरिका र ग्रीसले युक्रेनको आ–आफ्नो दूतावास बन्द गरिसकेका छन् ।

युरोपमा तेलको मुल्य बिहीबार नै आकासिएको छ । रुसले अमेरिकाको आफ्नो दूतावास बन्द गरेको छ । रुस र पोल्याण्डको बिचमा पनि तनाव चुलिएको छ । विश्व कुनैपनि क्षण पूर्णस्तरको विश्वयुद्ध भड्किन सक्ने देखिन्छ । 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।