८ माघ २०८१, मंगलवार

नेकपाको ११ औं पार्टी पुनर्गठन दिवस विभिन्न कार्यक्रम गर्दै मंसिर ८ गते भव्य जनसभा गरी मनाउँदै

0

काठमाडौँ/ नेपाल कम्युनिष्ट पार्टीले आफ्नो ११ औं पार्टी पुनर्गठन दिवस विभिन्न कार्यक्रम गर्दै देशव्यापी मनाउने भएको छ ।
पार्टी पुनर्गठन दिवसकाे अवसरमा मंसिर ८ गते काठमाडौंको भृकुटीमण्डपमा भव्य जनसभा गर्ने जनाएको छ । त्यसअघि पार्टी पुनर्गठन दिवसकाे पूर्वसन्ध्यामा मंसिर ७ गते साँझ दिपावली गर्ने भएको छ ।
त्यसैगरी मङ्सिर ५ गते पत्रकार सम्मेलन गर्ने नेकपाले जनाएको छ । पार्टी पूनर्गठन दिवसका अवसमा नेकपाले मङ्सिर ६ गते भक्तपुरकाे सल्लाघारीदेखि काठमाडौँका विभिन्न स्थानमा माेटरसाइकल रर्याली गर्ने पनि जनाएको छ ।
नेकपाले मसिर ७ गते बेलुका साढे ५ बजे देशभर दिपावली गर्ने, मङ्सिर ८ गते मध्याहन्न १२ बजेबाट काठमाडौँका सुन्धारा, शान्तिबाटीका, बागबजार, पुतलीसडक लगायतका ठाउँहरुवाट र्याली निकाली भृकुटीमण्डप पुग्ने र दिउसो १ बजेबाट विशाल सभा गर्ने जनाएको छ । उक्त  कार्यक्रमलाई महासचिव विप्लव सीले सम्बाेधन गर्ने नेकपाले जनाएको छ ।

नेकपाले सभामा उपस्थितिका लागि सबैमा खुल्ला अनुरोध पनि गरेको छ ।

विचार, राजनीति र संगठनको हिसाबले भिन्न प्रस्तावसहित नेपाल कम्युनिस्ट पार्टी पुनर्गठन गरिएको दिनलाई दिवसको रूपमा मनाउन मङ्सिर ८ गते काठमाडौँको भृकुटीमण्डपमा उत्सवसहितको कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रमलाई महासचिव विप्लव लगायत पार्टीका शीर्ष नेताहरुले सम्बोधन गर्नेबारे यसअघि नै सार्वजनिक गरिएको पोस्टरमार्फत जानकारी दिइएको छ ।

पुनर्गठन दिवसलाई नेपाली क्रान्ति र जनताको पहलकदमीका हिसाबले महत्त्वपूर्ण दिन भएकोले देशभर विभिन्न रचनात्मक कार्यक्रमसहित उत्सवको रूपमा मनाउने नेकपाले निर्णय गरेको छ।

काठमाडौँको भृकुटीमण्डपमा हुने कार्यक्रममा विभिन्न कलाकार, साँस्कृतिक टोलि र स्थानीय कला सँस्कृतिहरुको प्रस्तुति रहने र कार्यक्रम अघि सुन्धाराबाट बिहान ११: ३० बजे बागबजार हुँदै पुतलीसडकबाट जूलूस प्रदर्शन समेत गरिने नेकपा पोलिटब्युरो सदस्य एवम् काठमाडौँ जिल्ला इन्चार्ज माइला सीले जानकारी दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।