
काम चलाउ सरकारका प्रमुख तथा अमेरिकाका निवर्तमान राष्ट्रपति बाइडेनले युक्रेनलाई लामो दूरीको हतियार प्रयोग गर्ने अनुमति दिएपछि जेलेन्स्की रुसमाथि आक्रमण गर्ने तयारीमा छन् । १३ सेप्टेम्बर २०२४ मा पुटिनले रुसमाथि आक्रमण गर्ने हतियार दिने देशमाथि पनि बदला लिने चेतावनी दिएका थिए । पुटिनले रुसी सरकार नियन्त्रित सञ्चारमा Russia will be “at war” with NATO if UKraine longrange missile restrictions lifled. भनेका थिए । अमेरिकाकाे पछिल्लो निर्णयसँगै आणविक हतियारसहित तेस्रो विश्वयुद्धकाे त्रास एकाएक फैलिएको छ ।
प्रतिक्रिया दिनुहोस्