९ मंसिर २०८१, आईतवार

नेकपाकाे आज ११ औं पार्टी पुनर्गठन दिवस, विभिन्न कार्यक्रम गरि मनाउँदै

0

काठमाडौँ/ आज मङ्सिर ८ गते नेपाल कम्युनिस्ट पार्टीले पार्टी पुनर्गठन गरेको दिन । नेकपाले पार्टी पुनर्गठन गरेको १० वर्ष पूरा गरि ११ औं वर्षमा प्रवेश गरेको छ ।

विचार, राजनीति र संगठनको हिसाबले भिन्न प्रस्तावसहित नेपाल कम्युनिस्ट पार्टी पुनर्गठन गरिएको दिनलाई दिवसको रूपमा मनाउँदै आएकाे नेकपाले
यो वर्ष पनि देशव्यापी विभिन्न रचनात्मक कार्यक्रमसहित उत्सवको रूपमा मनाउने भएको छ ।

पुनर्गठन दिवसलाई नेपाली क्रान्ति र जनताको पहलकदमीका हिसाबले महत्त्वपूर्ण दिन भएकोले हरेक मंसिर ८ गतेलाई पार्टी पुनर्गठन दिवसको रुपमा मनाउँदै आएकाे छ ।

यसवर्ष मङ्सिर ८ गते काठमाडौँको भृकुटीमण्डपमा उत्सवसहितको कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रमलाई महासचिव विप्लव सीलगायत पार्टीका नेताहरुले सम्बोधन गर्ने बताइएको छ ।

काठमाडौँको भृकुटीमण्डपमा हुने कार्यक्रममा विभिन्न कलाकार, साँस्कृतिक टोलि र स्थानीय कला सँस्कृतिहरुको प्रस्तुति रहने र कार्यक्रम अघि काठमाडौँकाे सुन्धारा, शान्तिबाटीका, बागबजार, पुतलीसडक लगायतका ठाउँहरुबाट र्याली निकाली भृकुटीमण्डप पुग्ने र दिउँसो १ बजेबाट जनसभा गर्ने भएको छ ।

पार्टी पुनर्गठन दिवसकाे पूर्वसन्ध्यामा मंसिर ७ गते बेलुका देशव्यापी दिपावली गरिएको छ । यसअघि पार्टी पुनर्गठन दिवसकाे अवसरमा मङ्सिर ५ गते पत्रकार सम्मेलन, ६ गते भक्तपुरकाे सल्लाघारीदेखि काठमाडौँका विभिन्न स्थानमा माेटरसाइकल र्याली गरिसकेको छ ।

नेपाली कम्युनिस्ट आन्दोलनमा नेपाली क्रान्तिलाई माओवादी जनयुद्धलाई मृत्युबाट जाेगाएको दिनकाे रूपमा पार्टी पुनर्गठन दिवसलाई लिदै आएकाे नेकपाले जिल्ला जिल्लामा आ-आफ्नो सापेक्षतामा उत्सवमय विभिन्न रचनात्मक कार्यक्रम गरिरहेकाे छ ।

यसकारण मङ्सिर ८ गते पार्टी पुनर्गठन दिवस

नेपाली भूमिमा सञ्चालित महान् जनयुद्धलाई विभिन्न सम्झौता र षड्यन्त्रमा टुङ्ग्याएर पुष्पकमल दाहाल र बाबुराम भट्टराईहरू उही संसदीय भासमा डुबेको समयमा क्रान्तिकारीहरूले २०६९ सालमा क्रान्तिको झन्डा उठाएका थिए ।

२०६९ सालमा पुष्पकमल दाहाल नेतृत्वको नेकपा (एकीकृत माओवादी) बाट विद्रोह गरी मोहन वैद्य ‘किरण’ नेतृत्वमा नेकपा–माओवादी गठन भएको दुई वर्षसम्म क्रान्तिको नयाँ कार्यदिशा तय हुन नसकेपछि २०७१ साल मङ्सिर ८ गते विप्लवको नेतृत्वमा नेकपा पुनर्गठन भएको दिनलाई नेकपाले पार्टी पुनर्गठन दिवसका रूपमा मनाउँदै आएको छ । 

विप्लव नेतृत्वमा क्रान्तिकारीहरूले सबैखाले संशोधनवाद, आत्मसमर्पणवाद, विसर्जनवाद, नवसंशोधनवाद, अवसरवाद, अकर्मण्यतावाद र छद्म संशोधनवादका विरुद्ध विद्रोहको झन्डा उचालेको दिन थियो ८ मङ्सिर २०७१ को दिन । हो, त्यही दिनमा नेकपाले पार्टी पुनर्गठन गरेर मालेमामा विकास गरी एकीकृत जनक्रान्तिको कार्यदिशा तय गरेको थियो ।

नेपाल कम्युनिस्ट पार्टीको पुनर्गठन क्रान्तिकारी कम्युनिस्ट आन्दोलनको रक्षा, विकास र जनक्रान्तिलाई गुणात्मक गति दिनका लागि गरिएको ऐतिहासिक कदम थियो । पार्टी पुनर्गठनपछि नेकपाले तय गरेको कार्यदिशा, नीति र कार्यक्रमहरूले पार्टी र अन्दोलनलाई देश, जनता र श्रमिक वर्गको मुक्तिको दिशातिर लगेर पुनर्गठनलाई व्यवहारिक रूपमै प्रमाणित गर्दै लैजानुपर्ने देखिन्छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।