११ पुष २०८१, बिहीबार

काठमाडौँमा नेकपाको बृहत आमसभा सुरु

0

काठमाडौँ – ११औं पार्टी पुनरगठन दिवसको आवसरमा आयोजित बृहत जनसभा सुरु भएको छ । नेपाल कम्युनिस्ट पार्टी पुनर्गठन भएको अवसरमा आयोजित आमसभाको अध्यक्षता महासचिव विप्लवले गरेका छन् भने कार्यक्रमको संचालन पार्टी स्थायी समिति सदस्य तथा प्रवक्ता प्रकाण्ड सीले गरेका छन् ।

काठमाडौँको सुन्धाराबाट सुरु भएको र्याली भृकुटीमण्डपमा आएर आमसभामा परिणत भएको थियो । र्याली पनि आयोजित विशाल सभालाई नेकपा पोलिटब्युरो सदस्य माइला सीले स्वागत मन्तव्यमार्फत स्वागत गरेका छन् । काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको आमसभामा सामान सांस्कृतिक परिवारले आफ्नो प्रस्तुति पनि प्रस्तुत गरिरहेको छ ।

कार्यक्रम अघि विभिन्न जातजातिका झाँकी पनि प्रस्तुत गरिएको थियो । 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।