काठमाडौँं – नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य तथा काठमाडौँ जिल्ला इन्चार्ज माइला सीले जनताको सपनालाई यथार्थमा बदलेरै छोड्ने ठोकुवा गरेका छन् । नेकपाले काठमाडौँमा आयोजना गरेको बृहत आमसभामा स्वागत मन्तव्य राख्दै उनले जनताको मुक्तिको सपना पूरा गरेरै छाड्ने ठोकुवा गरेका हुन् ।
उनले जनताका सपना पूरा नभएसम्म आफूहरु संघर्षमै रहने बताउँदै यो संघर्षको मैदानमा आएका सम्पूर्ण चुनौतीलाई सामान गर्न आफूहरु तयार भएको बताए ।
११औँ पार्टी पुनरगठन दिवसको अवसरमा आयोजित कार्यक्रमको अध्यक्षता विप्लवले गरेका छन् भने कार्यक्रमको संचालन प्रवक्ता प्रकाण्ड सीले गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्