काठमाडौँं – नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा अखिल (समाजवादी) का अध्यक्ष नरेन्द्र सीले दलाल पुँजीवादले नेपाललाई संसारको सबैभन्दा गरिब देश बनाएकाे बताएका छन् । नेकपाले काठमाडौँमा आयोजना गरेको बृहत आमसभामा स्वागत मन्तव्य राख्दै उनले दलाल पुँजीवादले नेपाललाई विश्वका २० गरिब देशमा दर्ज गराएको बताएका हुन् ।
उनले ८० को दशक समाजवादको दशक हुने बताउँदै यो समयमा दलाल पुँजीवादको अन्त्य हुने जिकिर गरे । उनले विश्वविद्यालयहरु आफन्तको भर्तिकेन्द्र बनेको बताउँदै यसको अन्त्यका लागि अखिल समाजवादीले संघर्ष गरिरहेको बताए ।
११औँ पार्टी पुनरगठन दिवसको अवसरमा आयोजित कार्यक्रमको अध्यक्षता विप्लवले गरेका छन् भने कार्यक्रमको संचालन प्रवक्ता प्रकाण्ड सीले गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्