२४ पुष २०८१, बुधबार

विदेशीहरुसँग भिख मागेर बाँचेको व्यवस्था बदल्नुपर्छ : विप्लव सी

0

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले विदेशीसँग भिख मागेर बाँचेको व्यवस्था फाल्नुपर्ने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित कम्युनिष्ट क्रान्तिकारीहरुबीचको ध्रुवीकरण कार्यक्रमलाई सम्बोधन गर्दै विप्लवले यो व्यवस्थाको अन्त्य गरेरै छोड्ने बताए ।

सत्तामा रहेका राजनीतिक दलहरुले नेपाललाई गरिब भनेर विभिन्न अन्तर्राष्ट्रिय फोरमहरुमा भाषण गर्दै भिख माग्ने गरेको बताउँदै त्यसको अन्त्य गर्नुपर्ने बताए । ‘नेपाल गरिब छ भनेर विभिन्न अन्तर्राष्ट्रिय फोरममा भाषण गर्ने, युवालाई विदेश लखेट्ने र विदेशीका सामु नेपालीलाई केहीपनि नभएका नागरिक भनेर चिनाउने गरिएको छ ।’, विप्लवले भने, ‘त्यस्तो केही होइन । नेपालीसँग आफ्नै घर छ, आफ्नै सानो भएपनि खेत र बारी छ । अरु युरोपियन, अमेरिकल, पूर्वी एसियाका मान्छेसँग यत्ति पनि छैन ।’

उनले नेपालमा गर्न सके सबैसँग भिख माग्न नपर्ने ठोकुवा गरे । यो व्यवस्था अन्त्य गर्दै वैज्ञानिक समाजवाद व्यवस्था स्थापना गर्दै भिख माग्ने पर्थाको अन्त्य गर्नुपर्ने बताए ।

आजको संकटग्रस्त व्यवस्था फाल्न जरुरी रहेको बताउँदै विप्लवले यसका लागि क्रान्तिकारीहरु एक हुनुपर्ने बताए । ‘हामीले भनेका छौं, फेरिपनि माओवादी सहयात्रीहरु सबै तयार बनौं । हामी धेरै छौं, एक जना कमरेडले डायरीमा टिप्नुभएको रहेछ, माओवादीमात्रै १९ वटा भङ्गालामा छन् भन्ने कुरा उहाँले सुनाउँदै हुनुहुन्थ्यो । हामी एक हुनुपर्छ । नेपाललाई समाजवादतिर लैजाने सपना हामीले मर्न दिनुहुँदैन ।’

महासचिव विप्लवले कुनैपनि स्वार्थको अगाडि नेपाली जनताको सपना बेचिन नहुने बताए । उनले अहिले केही हदसम्म जनताको चाहना धर्ममराएको जस्तो देखिएको बताए । उनले जनताको चाहना धर्ममराउन आफूहरुले नदिने बताए । उनले जनताको लागि आफूहरु गोरुजस्तो भएर जोतिन तयार रहेको पनि बताए ।

विप्लवको सीको अध्यतामा सुरु भएको कार्यक्रममा प्रवक्ता प्रकाण्ड सीले संचालन गरेका थिए । प्रवक्ता प्रकाण्ड सीले एकीकृत जनक्रान्तिको विद्रोहलाई कसैले रोक्न नसक्ने बताउँदै  देश र जनताले नेकपाको नेतृत्व खोजिरहेको ठोकुवा गरे ।

प्रकाण्डले एकीकृत जनाक्रान्तिमार्फत नेपाली विशेषताको समाजवाद स्थापना गरेरै छाड्ने उद्घोष समेत गरे ।  

वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीको विद्रोही समूहलाई विप्लवले टिका र माला लगाएका स्वागत गरेका थिए । कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी विद्रोहीका संयोजक जितेन्द्र सीलागायत केन्द्रीय सदस्य, प्रदेश सदस्य र जिल्ला कमिटी सदस्यसहित सयौँ नेता कार्यकर्ता नेकपामा ध्रुविकृत भएका छन् । 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।