२६ पुष २०८१, शुक्रबार

बुटवलका इन्टरनेट प्रदायक ४ संस्थामा तालाबन्दी

0

बुटवल/ नेकपा निकट युवा संगठन नेपालले बुटवलका ४ इन्टरनेट प्रदायक संस्थामा तालाबन्दी गरेको छ । बुटवलमा कार्यालय रहेका वर्ल्डलिंक, भाइनेट, क्लासिकटेक र डिसहोम फाइवरनेटको कार्यालयमा तालाबन्दी गरिएको हो ।
गत मंसिर ८ गते बुटवलको मैनाबगरमा भएको इन्टरनेटको तारमा परि दुर्घटना हुँदा ज्यान गुमाएका ४५ वर्षीय गोरे सुनारलाई समयमा न्याय नदिएकोले ताला बन्दी गरिएको संगठनले जनाएको छ । निर्माण मजदुरको काम गर्ने गोरेको सो दिन काम सकेर घर फर्किने क्रममा राती अन्दाजी ७ बजे बिजुलीको पोलबाट चुँडिएर झरेको तारमा अल्झिदा करेन्ट लागेर मृत्यु भएको थियो । एक्लै बस्दै आएका उनको घटनापछि प्रहरीले कन्चन-५ सन्डुवा बस्ने भाउजु खगिशरा सुनारलाई खबर गरेपछि अस्पतालमा आउँदा मृत्यु भइसकेको थियो । प्रहरीलाई स्थानीयले खबर गरेपछि घटनास्थल आउँदा उनको तारमा अल्झिएर घटना भएको भनेपनि पछि पोष्टमार्टम गर्दा करेन्टलागी मृत्यु भएको र सोही बमोजिम मुचुल्कासमेत बनेको परिवारले जनाएको छ ।
घटनापछि इलाका प्रहरी कार्यालयमा ति इन्टरनेट प्रदायक संस्थासंग पीडितका परिवारले न्यायका लागि पटकपटक छलफल गरेपनि समयमा न्याय सम्पादन नगरेपछि पीडितहरुले नेकपालाई न्यायका लागि अनुरोध गरेका थिए । दुईपटक छलफल भएर माथी सल्लाह गरी निष्कर्ष निकाल्छौं भनेका उनीहरु प्रहरीले समेत बोलाउँदा छलफलमा नगएकोले यो कदम चाल्नुपरेको पीडित बताउँछन् ।” प्रहरीले पत्र काट्छु भनेको थियो तर हामीलाई खबर भएन । बाटामा छरपस्ट तार बिछाउने मान्छे मर्ने हामी घटना सहेर बस्नुपर्ने ? हामीलाई न्याय भएन त्यसैले नेकपालाई गुहारेका हौं ।” पीडित खगिशराले भनिन् ।
युवा संगठनले छलफल गर्दा माथिल्लो निकायसंग जानकारी गराई ३ दिनभित्र बस्ने भनेका तर तीन दिनपछि फेरी जाँदा समेत कुनै निकास नदिने र आलटाल गरेपछि पिडितको आग्रहमा तालाबन्दी गर्नुपरेको युवा संघठनका जिल्ला अध्यक्ष हरी सीले जनाए ।
यता इन्टरनेट प्रदायक संस्था वर्ल्डलिंक बुटवलका प्रमुख डेमलाल भुसाललाई बुझ्दा केन्द्रमा जानकारी गराइएको र निकासका लागि छलफल भइरहेको भएपनि एक्कासी ताला लगाउँदा अप्ठेरो परेको बताएका छन् । हाम्रो इन्टरनेटको तारबाट करेन्ट प्रवाह हुँदैन कसरी घटना घट्यो हामी अचम्मित परेका छौं फेरिपनि के गर्न सकिन्छ हामी छलफल गर्दैछौं भन्दै उनले तालबन्दी निकास नहुने बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।