१० माघ २०८१, बिहीबार

युवा संगठनले तीन बुँदे सहमति कार्यान्वयन गर्न हस्ताक्षर अभियान सञ्चालन गर्ने

0

काठमाडौँ । युवा संगठन नेपालले राज्य र नेपाल कम्युनिस्ट पार्टीबिच सम्पन्न तीन बुँदे सहमतिलाई कार्यान्वयन गर्न हस्ताक्षर अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । संगठनको आइतबार हेटौंडामा सम्पन्न केन्द्रीय समिति बैठकले तीन बुँदे सहमतिलाई कार्यान्वयनका लागि दबाब दिने उदेश्यले आगामी माघ ५ देखि ८ गतेसम्म देशव्यापी अभियान सञ्चालन गर्ने निर्णय गरेको युवा संगठन नेपालका अध्यक्ष दिनेश सीले जानकारी दिएका छन् ।

तत्कालीन ओली सरकारले नेकपामाथी लगाएको प्रतिबन्धका क्रममा झण्डै दुई दर्जन बढी नेकपा सम्बद्ध नेताकार्यकर्ताको ज्यान गएको थियो भने सयौं नेता कार्यकर्ताहरुलाई पक्राउ गरि जेल हिरासत राखिएको थियो । त्यस्तै प्रतिबन्धको क्रममा महासचिव विप्लव, प्रवक्ता प्रकाण्ड लगायत सयौं नेताहरू विरुद्ध मुद्दाहरु लगाइएको थियो।

सरकार र नेकपाबीच भएको सहमति अनुसार नेकपामाथिको प्रतिबन्ध फुकुवा गर्ने, नेताकार्यकर्ता रिहाई गर्ने र मुद्दाहरु फिर्ता लिने लिखित सहमति भएको भएपनि अझै नेकपाका कार्यकर्ता  रिहा हुन बाँकी रहेको र मुद्दाहरु फिर्ता नलिएकोले यसले देशमा शान्ति, स्थिरता कायम हुने भन्दा पनि द्वन्दको स्थिति आउँन सक्ने भन्दै राज्यलाई थप दबाब दिन हस्ताक्षर अभियान संचालन गर्न लागिएको बताइएको छ ।

युवा संगठन नेपालले भ्रष्टाचार, वसदेशी हस्तक्षेप  विरुद्ध र रोजगारीको मागसहित चैत २४ गते काठमाडौँमा प्रदर्शन गर्ने, देशव्यापी जिल्ला भेला र सम्मेलन सम्पन्न गर्ने निर्णय समेत गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।