२ माघ २०८१, बुधबार

फेरि जाग्यो समाजवादी मोर्चा, माघ १६ गते काठमाडौंमा खबरदारी सभा गर्ने

0

काठमाडौँ – चार पार्टी सम्मिलित समाजवादी मोर्चा फेरि जागेको छ । मोर्चा जागेसँगै बुधवार अपरान्ह बसेको बैठकले माघ १६ गते काठमाडौंमा खबरदारी सभा गर्ने निर्णय गरेको छ ।

नेकपाका महासचिव विप्लव सीको अध्यक्षतामा बसेको बैठकले मोर्चाको सक्रियता कमजोर भएको समीक्षासहित सक्रियता बढाउने निर्णयसमेत गरेको छ । नेकपाका प्रवक्ता प्रकाण्ड सीको नेतृत्वमा गठित कार्यदलले माघ १२ गतेभित्र कार्यक्रमको योजनागत रिपोर्ट पेश गर्ने र त्यसको आधारमा थप कार्यक्रम तर्जुमा गर्ने निर्णय गरेको नेकपा स्थायी समिति सदस्य अनिल सीले बताए ।

बैठक नेकपा (एस) को कार्यालय आलोकनगर, काठमाडौंमा बसेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।