७ माघ २०८१, सोमबार

भरत सीको देउडा भिडियो सार्वजनिक ‘घुसतन्त्रले दु:ख पाइया छ, देशमा अब विप्लव चाइया छ’

0

 

कालिकोट । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य भरत सीको शब्द रचना रहेको अत्यन्तै मार्मिक देउडा भिडियो ‘घुसतन्त्रले दु:ख पाइया छ कमरेड, देशमा अब विप्लव चाइया छ’ बिहीबार सार्वजनिक भएको छ ।
यो देउडामा देशमा दलाल संसदीय व्यवस्थामा घुसतन्त्रले सीमा नाघेको र यो व्यवस्थाबाट जनता वाक्क दिक्क भएकाे र जनताका समस्या कहिल्यै पनि समाधान नहुने भाव व्यक्त गरिएको छ ।
देउडाको पहिलो हरफमा ।
माथि लेख हिमालचुली, फुल्याको विकैछ
अवस्था व्यवस्था फेरौं, नभनौ ठिकै छ ।
आजको व्यवस्था बोकी, जनता फेरिए
एकचोटी विप्लवलाई हेरौं, अरु सब हेरिए ।
घुसतन्त्रले दु:ख पाइया छ कमरेड, देशमा अब विप्लव चाइया छ ।

यस्तै देउडा गीतको दोस्रो हरफमा नेपालका दलालहरु विभिन्न रुपरंगमा घुस खाने गरेको बताइएको छ । देशमा बेरोजगारी बढेको, रोजगारी नभएका कारण युवाहरु विदेश पलायन हुने गरेकाे देशको व्यथा व्यक्त गरिएको छ ।
अचाल्ली घुसखान लागे, फेरि फेरि भेष
देशभित्रै आफन्त छाडि, जान लागे विदेश ।
बेरोजगारी भ्रष्टाचार, देश छ बेहाल
रोजगारी सृजना भए,फर्किन्छन् नेपाल ।
घुसतन्त्रले दु:ख पाइया छ कमरेड, देशमा अब विप्लव चाइया छ ।

यस्तै देउडा गीतको तेस्रो हरफमा जनयुद्धमा कालिकोटले गरेको योगदानलाई समेटिएको छ । आज कालिकोटका सहिदहरुको योगदान एकथरी माओवादी नेताहरुले बिर्सेको स्मरण गरिएको छ ।
यो गीतको भावले विशेषगरी सत्तामा जाने र जनताको समस्याप्रति बेवास्ता गर्ने, जनयुद्धको वाचाहरु तोडने, घुसखान सिक्ने एकथरी माओवादीहरुलाई सच्चिन कला मार्फत चेतावनी दिएको छ ।
विप्लवले सम्झेकै होलान,कालिकोटका वस्ति
सहिदको रगतसंग,कस्ले गर्यो मस्ति ।
नेपालका दुगर्म वस्ती,कसाछन आजभोलि
किन विर्से नेता ज्यूले,जनयुद्धको बोली ।
घुसतन्त्रले दुख पाइया छ कमरेड, देशमा अब विप्लव चाइया छ ।

देउडा गीतको चौथो हरफले देशमा गलत र भ्रष्टाचारी नेता चुन्दा देश नितान्त अफठ्यारो अवस्थामा पुगेको औल्याइएको छ । गीतले अब त्यस्ता भ्रष्ट र गलत नेतालाई नछान्न जनतालाई सजग गराइएको छ । जनयुद्धको उपलब्धी नेताको धोकाधढीले गुम्दा जनताले फेरिपनि पुरानो शासन सत्ताबाट दु:ख पाइरहेको भाव व्यक्त गरिएको छ भने जनताको आफ्नै जनमुक्ति सेना र मिलिसिया गुमेको स्मरण गरिएको छ ।
कोही नेता असाध्यै भोगी, कोही मात्र त्यागी
असल नेता ल्याउनु पर्छ, गलतकन फ्याकी ।
कहाँ हुन्न जनमुक्ति सेना, कहाँ छन् मिलिसिया
लागेर जनताका दुश्मन, वैरी दु:ख दिया ।
घुसतन्त्रले दु:ख पाइया छ कमरेड, देशमा अब विप्लव चाइया छ ।
देउडा गीतको अन्तिम हरफले घुसतन्त्रको व्यवस्थाको अन्त्य अहिलेको अनिवार्य सर्त भएको उल्लेख गरिएको छ । यसका लागि सबै देशभक्त, प्रगतिशील, गणतन्त्रवादी, क्रान्तिकारी कम्युनिष्टहरु एकताबद्ध भएर सदनदेखि सडकसम्म संघर्ष गर्नुपर्ने औल्याइएको छ ।
गीतले घुसतन्त्रको व्यवस्थालाई अन्त्य गरी नयाँ समाजवादी व्यवस्था ल्याउन सक्ने एकमात्र पार्टी नेपाल कम्युनिष्ट पार्टी र त्यसको नेतृत्व विप्लव मात्र हुनसक्ने ठोकुवा गरेको छ ।

देशभक्त जनताका नेता, एकजुट भई लड्नुछ
सदनदेखि सडकसम्म, अगाडि बढ्नुछ ।
पराईले अत्याचार गरे, आगो बल्छ बल्छ
नेपालका गाउँ सहर, विप्लव नाम चल्छ ।
घुसतन्त्रले दु:ख पाइया छ कमरेड, देशमा अब विप्लव चाइया छ ।
कालिकोट लालुका कलाकार गायक महेन्द्र शाही रास्कोटी र सुदुरपश्चिमकी कलाकार गायक गौरी भट्टको स्वरमा यो देउडा गीत सार्वजकि भएको हो । यो समय सान्दार्भिक देउडा गीतमा विभिन्न कलाकारहरुले अभिनय गरेका छन् ।
देउडा गीतको भिडियो….


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।