८ माघ २०८१, मंगलवार

३ बुँदे सहमति कार्यान्वयन गर्न माग गर्दै हस्ताक्षर अभियान सुरु

0

काठमाडौँ । युवा संगठन नेपालले नेकपा र सरकारविच भएको ३ बुँदे सहमति कार्यान्वयन गर्न माग गर्दै हस्ताक्षर अभियान सुरु गरेको छ । नेपाल कम्युनिस्ट पार्टीनिकट सो संगठनले ५ वर्ष पुग्न लाग्दासमेत राज्यले ३ बुँदे सहमति कार्यान्वयन नगर्नु गम्भीर षडयन्त्र भएको भन्दै चितवनबाट हस्ताक्षर अभियान सुरु गरेको बताएको छ ।
उक्त हस्ताक्षर अभियान सुरु गर्दै युवा संगठन नेपालका अध्यक्ष दिनेश सीले ३ बुँदे सहमति भएको ५ वर्ष पुग्न लाग्दासमेत राज्यले कार्यान्वयन नगर्नु भनेको गम्भीर षडयन्त्र भएको भन्दै राज्य सहमतिवाट भागेको आरोप लगाए । उनले ३ बुँदे सहमति तत्काल लागू गर्न प्रधानमन्त्री केपी ओलीलाई आग्रह गरे ।
अध्यक्ष दिनेश सीले ३ बुँदे सहमति राज्यले कार्यान्वयन नगरे थप संघर्ष अगाडि बढाउने बताए ।

उक्त हस्ताक्षर अभियान कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य चितवन इन्चार्ज उत्सव सी, केन्द्रिय सदस्य तथा सेक्रेटरी रुद्र सी, केन्द्रिय सदस्य सिसम सी, युवाका जिल्ला इन्चार्ज अशोक सी, केन्द्रीय सदस्यहरु हिमाल सी, पारस सी, सम्झना सी, सन्तोष सी, आकाश सीलगायतका युवाहरुको सहभागिता थियो । अभियान माघ ८ गतेसम्म चल्ने छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।