वीरगंज – नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले वरिष्ठ पत्रकार तथा जनपत्रकार संगठन नेपालका सचिवालय सदस्य सुदर्शनराज पाण्डेका पदचापहरू पच्छ्याउनु नै उहाँप्रतिकाे सच्चा श्रद्धाञ्जली हुने बताए छन् । सिजन-सुदर्शन स्मृतिग्रन्थ “पिता पुत्र” लाेकार्पण गर्दै उनले यस्ता बताएका हुन् ।
शनिबार पर्साकाे वीरगंजमा आयाेजित कार्यक्रममा प्रमुख अतिथिका रूपमा मन्तव राख्दै विप्लवले सुदर्शनले समाजमा साझा चरित्र स्थापित गरेकाले उहाँको याेगदानकाे कदर गर्नुपर्नेमा काेष दिए । उनले जनयुद्ध सहिद सिजनकाे सालिक ताेडफाेड गरेकाे विषयमा दु:ख व्यक्त गर्दै सालिक पुनर्निमाण लागि पार्टीले पहल गरिरहेको समेत जानकारी दिए ।
विप्लवले नेपाल पत्रकार महासंघले स्थापना गर्ने सुदर्शन अक्षयकोषमा पार्टीले पनि याेगदान गर्ने बताए । उनले आफ्नो पार्टीले सी संस्कृति अन्तर्गत नयाँ संस्कृति विकास गर्दै विभिन्न शीर्षकमा अक्षयकाेष स्थापना गर्ने परम्परा चलाएकाे भन्दै महासंघ पर्साले स्थापना गर्ने काेषमा पार्टी केन्द्रीय समितिकाे याेगदान हुने बताए ।
कार्यक्रममा नेकपा स्थायी समिति सदस्य अनिल सीले पुस्तकका बारेमा प्रकाश पारेका थिए । सुदर्शनमाथि लागेका थुप्रै आराेपकाे खण्डन गर्दै सुदर्शन गतिशील व्यक्तित्व भएकाे भन्दै व्याख्या गरेका थिए ।
मधेस विश्वविद्यालयका उपकुलपति दीपक शाक्य, नेपाल पत्रकार महासंघ केन्द्रीय लेखा समिति संयोजक केसी लामिछाने, नेपाल पत्रकार महासंघ मधेस प्रदेश अध्यक्ष श्याम बन्जाडे, सुदर्शन पाण्डेका भाई श्यामराजा पाण्डे, तुलसी भण्डारी, नेपाल पत्रकार महासंघ पर्सा शाखाका सचिव विजय चाैहान, मध्य नेपाल साप्ताहिककी सम्पादक कविता खड्का, भाैतिकवादी समाज नेपालका संयाेजक वैधनाथ श्रमजीवि लगायतले सुदर्शनकाे व्यक्तित्वको चर्चा गरेका थिए ।
जनप्रचार तथा प्रकाशन विभागका प्रबन्धक निर्देशक सन्जिव सीकाे अध्यक्षतामा चलेकाे सिजन-सुदर्शन स्मृतिग्रन्थ लाेकार्पण कार्यक्रमकाे सन्चालन विभागका सदस्य प्रकाश डुम्रेले गरेका थिए भने उपस्थित सबैलाई विभागका सदस्य शाेभराज बरालले स्वागत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्